Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत


नेपालमा बिस्तारै खुल्दै मौसम

काठमाडौँ । देशभर सक्रिय रहेको न्युन चापीय प्रणालीको प्रभाव कमजोर हुँदै गएपछि शनिवार दिउँसोदेखि नेपालको मौसममा क्रमिक सुधार आउने भएको छ ।

केही दिनयता भारी वर्षा गराइरहेको उक्त प्रणालीका कारण जनजीवन प्रभावित बने पनि आगामी २४ घण्टाभित्र मौसममा थप सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ । विशेषगरी मनाङको ताल मौसम मापन केन्द्रमा १२४.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ भने गण्डकी प्रदेशका पहाडी भू–भागमा भारी वर्षा भएको छ । यद्यपि, लुम्बिनी, सुदूरपश्चिम तथा कोशी र मधेस प्रदेशका पूर्वी भेगमा बिहानैदेखि मौसममा सुधार आउन थालेको छ ।
हाल वागमती, गण्डकी, कर्णाली र कोशी प्रदेशका केही पहाडी क्षेत्रमा भने आंशिकदेखि सामान्य बदली रही काठमाडौं, ललितपुर, दोलखा र सङ्खुवासभा आसपासमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसमविद् रोजन लामिछानेकाअनुसार बङ्गालको खाडीमा बनेको चक्रवातको अवशेषका रूपमा रहेको न्युन चापीय प्रणाली कमजोर भएसँगै आज साँझसम्म प्रभाव निकै कम हुनेछ ।

आगामी २४ घण्टाको प्रक्षेपणअनुसार कोशी, वागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि सुदूरपश्चिम र मधेस प्रदेशका अधिकांश स्थानमा मौसम सामान्य रहनेछ । हिमाली क्षेत्रमा भने केही स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्नेछ । आईतवार र सोमवारतिर मौसम थप सफा रहने र खासै ठूलो मौसमी प्रभाव नदेखिने विभागले जनाएको छ । यद्यपि, कृषि तथा पर्यटन क्षेत्रमा अझै केही प्रभाव पर्न सक्ने भएकाले सर्वसाधारणलाई अद्यावधिक मौसमी सूचनामा रहन आग्रह गरिएको छ ।–


प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?