Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन


काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहको न्युजरुममा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिइएको घटना गलत भएको ठहर गर्दै प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न सरकारलाई स्पष्ट निर्देशन दिएको छ । शनिवार काठमाडौंको चःमतीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता जगदीश खरेलले सञ्चारमाध्यममाथि भएको प्रहरी हस्तक्षेप पार्टीलाई स्वीकार्य नहुने प्रस्ट पारेका हुन् । उनले न्युजरुममा प्रहरी प्रवेशको घटना कसले, किन र कसको आदेशमा गर्यो भन्नेबारे सत्यतथ्य छानबिन गरी सरकारले जवाफदेही बन्नुपर्ने बताएका छन् । प्रवक्ता खरेलकाअनुसार पार्टीको नेतृत्व र सहभागितामा बनेको सरकारलाई नागरिक अधिकार र प्रेस स्वतन्त्रताको रक्षा गर्न बैठकले विशेष निर्देशन दिएको छ । यसैगरी, व्यवस्थापिका र कार्यपालिकाबीच अन्तरद्वन्द्व चर्किएको तथा संवैधानिक निकायहरूसँग रास्वपाको सम्बन्ध बिग्रिएको भनी सार्वजनिक भएका चर्चालाई प्रवक्ता खरेलले खण्डन गरेका छन् । पार्टी सभापति, प्रधानमन्त्री र सभामुखबीच नियमित संवाद तथा परामर्श भइरहेको उल्लेख गर्दै उनले बाहिर प्रचार गरिएजस्तो कुनै मतभेद नरहेको दाबी गरेका छन् । पार्टी सभापति र प्रधानमन्त्रीबीच घण्टौँ छलफल भइरहेको छ, सभामुखसँग पनि निरन्तर समन्वय छ । उनले भने, ‘मिडियाको कार्यकक्षमै प्रहरी पुग्नु सर्वथा गलत हो, प्रेस स्वतन्त्रता अक्षुण्ण रहनुपर्छ भन्नेमा पार्टी प्रस्ट छ । यस विषयमा सरकारले आवश्यक अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ र कमजोरी गर्नेमाथि कानुनी दायरा आकर्षित हुनुपर्छ । संसदीय दल र सरकारबीच पनि सुमधुर सम्बन्ध छ । राज्यका प्रमुख अंगहरूबीचको सहकार्य मजबुत छ र यसलाई अझ प्रभावकारी बनाउँदै लैजान पार्टी प्रतिवद्ध छ ।’ बैठकले सरकारका समग्र कामकारबाहीलाई जनमुखी बनाउन पार्टी नेतृत्वसँगको समन्वयमा प्रभावकारी ढंगले अघि बढाउने निर्णयसमेत गरेको छ ।

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहको न्युजरुममा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिइएको घटना गलत भएको ठहर गर्दै प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न सरकारलाई स्पष्ट निर्देशन दिएको छ ।

शनिवार काठमाडौंको चःमतीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता जगदीश खरेलले सञ्चारमाध्यममाथि भएको प्रहरी हस्तक्षेप पार्टीलाई स्वीकार्य नहुने प्रस्ट पारेका हुन् । उनले न्युजरुममा प्रहरी प्रवेशको घटना कसले, किन र कसको आदेशमा गर्यो भन्नेबारे सत्यतथ्य छानबिन गरी सरकारले जवाफदेही बन्नुपर्ने बताएका छन् । प्रवक्ता खरेलकाअनुसार पार्टीको नेतृत्व र सहभागितामा बनेको सरकारलाई नागरिक अधिकार र प्रेस स्वतन्त्रताको रक्षा गर्न बैठकले विशेष निर्देशन दिएको छ । यसैगरी, व्यवस्थापिका र कार्यपालिकाबीच अन्तरद्वन्द्व चर्किएको तथा संवैधानिक निकायहरूसँग रास्वपाको सम्बन्ध बिग्रिएको भनी सार्वजनिक भएका चर्चालाई प्रवक्ता खरेलले खण्डन गरेका छन् । पार्टी सभापति, प्रधानमन्त्री र सभामुखबीच नियमित संवाद तथा परामर्श भइरहेको उल्लेख गर्दै उनले बाहिर प्रचार गरिएजस्तो कुनै मतभेद नरहेको दाबी गरेका छन् । पार्टी सभापति र प्रधानमन्त्रीबीच घण्टौँ छलफल भइरहेको छ, सभामुखसँग पनि निरन्तर समन्वय छ ।

उनले भने, ‘मिडियाको कार्यकक्षमै प्रहरी पुग्नु सर्वथा गलत हो, प्रेस स्वतन्त्रता अक्षुण्ण रहनुपर्छ भन्नेमा पार्टी प्रस्ट छ । यस विषयमा सरकारले आवश्यक अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ र कमजोरी गर्नेमाथि कानुनी दायरा आकर्षित हुनुपर्छ । संसदीय दल र सरकारबीच पनि सुमधुर सम्बन्ध छ । राज्यका प्रमुख अंगहरूबीचको सहकार्य मजबुत छ र यसलाई अझ प्रभावकारी बनाउँदै लैजान पार्टी प्रतिवद्ध छ ।’

बैठकले सरकारका समग्र कामकारबाहीलाई जनमुखी बनाउन पार्टी नेतृत्वसँगको समन्वयमा प्रभावकारी ढंगले अघि बढाउने निर्णयसमेत गरेको छ ।


प्रकाशित मिति: १४ कार्तिक २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?