Trending
>>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन


जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन

काठमाडौं। जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारले अघि सारेको विवादास्पद आणविक नीति परिमार्जन र सैन्य क्षमता विस्तारको योजनाविरुद्ध टोकियोस्थित संसद भवनअगाडि करिब १० हजार नागरिकले विशाल विरोध प्रदर्शन गरेका छन् ।

जापानको सुरक्षा नीतिमा फेरबदल ल्याउने सरकारको पछिल्लो कदमले त्यहाँको राजनीतिक वृत्त र नागरिक तहमा तरंग पैदा गरेको छ । रक्षामन्त्री सिनजिरो कोइजुमीले आणविक शक्तिबाट चल्ने पनडुब्बी भित्र्याउने विषयमा कुनै पनि विकल्प बन्द नरहेको बताउँदै आएका छन् । यसै सन्दर्भमा प्रधानमन्त्री ताकाइचीले संसदमा बोल्दै आत्मरक्षा बललाई यस्ता पनडुब्बी उपलब्ध गराउने विषयमा सरकारले ‘ठोस र व्यावहारिक’ रूपमा विचार गरिरहेको संकेत दिएकी थिइन् ।

यसका साथै, सरकारले यस वर्षको अन्त्यसम्ममा तीनवटा प्रमुख सुरक्षा दस्तावेज अद्यावधिक गर्ने तयारी गरिरहेको छ । मिडिया रिपोर्टहरूका अनुसार, यस क्रममा जापानको ‘तीन गैर–आणविक सिद्धान्त’ सम्बन्धी शब्दावली नै परिमार्जन हुन सक्ने डरले नागरिक समाज सशंकित बनेको छ । शुक्रवारको प्रदर्शनमा सहभागी वक्ताहरूले वर्तमान सरकारको सैन्यीकरणतर्फको झुकावले छिमेकी मुलुकहरूसँगको तनाव बढाएको र क्षेत्रमा सुरक्षा संकट निम्त्याएको दाबी गरिएको छ ।


प्रकाशित मिति: १५ कार्तिक २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?