Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सङ्घीयतामा जनताले विकासको अनुभूति गरेका छन् : मुख्यमन्त्री कार्की


९ चैत्र ,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले सङ्घीयतामा जनताले विकासको अनुभूति प्राप्त गरेको बताएका छन्‌ ।

नेपाल समाजशास्त्र सङ्घ काठमाडौँ र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरद्वारा आज यहाँ आयोजित ‘नेपालमा सङ्घीयता : अवसर र चुनौती’ विषयक अन्तक्र्रियामा उनेले भने, “सङ्घीयता स्थापनापछि प्रदेशमा एक सय ५० संरचना निर्माण गरी इतिहास कायम गरेको छ ।”

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार स्थापनापछि पाँच वर्षको अवधिमा बहुवर्षे आठ सय किलोमिटर सडक कालोपत्र भएको र आगामी दुई वर्षभित्र थप तीन सय किलोमिटर कालोपत्र हुने जानकारी दिए ।

नेपालका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै उनले सङ्घीयताको अभ्यासलाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री कार्कीले सङ्घीयतामा संविधानले प्रत्याभूत गरेको अधिकार प्रदेशलाई दिनुपर्ने बताउँदै सरकार जनताप्रति उत्तरदायी भएको धारणा राखे ।

उनले सङ्घीयताको उपलब्धिका रूपमा रहेको शान्ति, सुरक्षा सुदृढ र जनताले सुरक्षाको अनुभूति गरेको विचार राखे । मुख्यमन्त्री कार्कीले भने, “केन्द्रले सङ्घीयता कार्यान्वयनमा उदार भएमा विकास, सुरक्षामा उल्लेखनीय र गुणात्मक सुधार हुनेछ ।”

गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले जनताले रोजगारी, समृद्धिमा सङ्घीयताको अनुभूति गर्न सक्ने धारणा राखे । समाजशास्त्रका उपाध्यक्ष विश्वकल्याण पराजुलीले जनताको समावेशी समानुपातिक प्रतिनिधित्वले सङ्घीयता बलियो हुने विचार राखे ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?