Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह


९ चैत्र ,काठमाडौँ । चलचित्र निर्देशक तथा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का अध्यक्ष केपी पाठकले नेपाली चलचित्रको विकास गर्न सरकारले ध्यान पुर्याउनु पर्ने बताएका छन्‌ ।

निफको समापन समारोहमा उनले भने, “नेपाली र विदेशी चलचित्रकर्मीबीच ज्ञान आदानप्रदान हुन्छ भन्ने उद्देश्यले महोत्सवको सुरूआत गरेका थियौँ ।”

विदेशमा प्रसिद्ध चलचित्रकर्मीलाई निर्णायक मण्डलमा राखेर हाम्रो काम देखाउने गरेको भन्दै उनले भने, “उहाँहरूले प्रतिस्पर्धामा हाम्रो चलचित्रलाई अवार्ड दिनुभएको छ” ,यस्ता महोत्सवमा नेपाल सरकारले सहयोगको दायरा बढाएमा सातै प्रदेशमा कार्यक्रम गरेर मौलिकता र स्थानीय संस्कृतिलाई प्रवर्द्धन गर्न सकिन्छ ।

आफूहरुले विश्वबाट धेरै चलचित्रकर्मी ल्याएर आफ्नो कथा सुनाएर लगानी गर्ने वातावरणसमेत बनाउने कोसिस गरिरहेको भन्दै अध्यक्ष पाठकले यस्तो कार्यमा राज्यको साथ चाहिने बताए ।

उनले नेपालबाट बाहिरिने विमानमा नेपाली चलचित्र राख्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे । यसो भएमा नेपाली चलचित्र निर्माता लाभान्वित हुनुका साथै पर्यटन प्रवरद्धनमा टेवा पुग्ने उनको भनाइ थियो ।

“हामीले देशमा आउँदा वा छोडेर जाँदा विदेशी चलचित्र हेर्छौँ । हाम्रै हेर्ने वातावरण भएमा यसले देशको पर्यटनमा टेवा पुर्याउँछ । अब चलचित्रको माध्यमले पर्यटन प्रचार गर्नुपर्छ”, उनले भने ।

यही चैत २ देखि ६ गतेसम्म काठमाडौँ चलेको निफमा ३५ देशको ९५ प्रतियोगी चलचित्रले सहभागिता जनाएका थिए । पचासभन्दा बढी विदेशी चलचित्रकर्मी नेपाल आएको महोत्सव आयोजक समितिले जानकारी दिएको थियो ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?