Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह


९ चैत्र ,काठमाडौँ । चलचित्र निर्देशक तथा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का अध्यक्ष केपी पाठकले नेपाली चलचित्रको विकास गर्न सरकारले ध्यान पुर्याउनु पर्ने बताएका छन्‌ ।

निफको समापन समारोहमा उनले भने, “नेपाली र विदेशी चलचित्रकर्मीबीच ज्ञान आदानप्रदान हुन्छ भन्ने उद्देश्यले महोत्सवको सुरूआत गरेका थियौँ ।”

विदेशमा प्रसिद्ध चलचित्रकर्मीलाई निर्णायक मण्डलमा राखेर हाम्रो काम देखाउने गरेको भन्दै उनले भने, “उहाँहरूले प्रतिस्पर्धामा हाम्रो चलचित्रलाई अवार्ड दिनुभएको छ” ,यस्ता महोत्सवमा नेपाल सरकारले सहयोगको दायरा बढाएमा सातै प्रदेशमा कार्यक्रम गरेर मौलिकता र स्थानीय संस्कृतिलाई प्रवर्द्धन गर्न सकिन्छ ।

आफूहरुले विश्वबाट धेरै चलचित्रकर्मी ल्याएर आफ्नो कथा सुनाएर लगानी गर्ने वातावरणसमेत बनाउने कोसिस गरिरहेको भन्दै अध्यक्ष पाठकले यस्तो कार्यमा राज्यको साथ चाहिने बताए ।

उनले नेपालबाट बाहिरिने विमानमा नेपाली चलचित्र राख्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे । यसो भएमा नेपाली चलचित्र निर्माता लाभान्वित हुनुका साथै पर्यटन प्रवरद्धनमा टेवा पुग्ने उनको भनाइ थियो ।

“हामीले देशमा आउँदा वा छोडेर जाँदा विदेशी चलचित्र हेर्छौँ । हाम्रै हेर्ने वातावरण भएमा यसले देशको पर्यटनमा टेवा पुर्याउँछ । अब चलचित्रको माध्यमले पर्यटन प्रचार गर्नुपर्छ”, उनले भने ।

यही चैत २ देखि ६ गतेसम्म काठमाडौँ चलेको निफमा ३५ देशको ९५ प्रतियोगी चलचित्रले सहभागिता जनाएका थिए । पचासभन्दा बढी विदेशी चलचित्रकर्मी नेपाल आएको महोत्सव आयोजक समितिले जानकारी दिएको थियो ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?