Trending
>>   चोरीमा संलग्न चार जना पक्राउ >>   घरजग्गा व्यवसायीद्वारा अध्यादेशको स्वागत, हदबन्दी छुट दिँदा व्यवसायी उत्साहित >>   चलचित्र ‘मायावी’ को गीत ‘सितारा जडेको’ सार्वजनिक >>   टर्किएको स्की रिसोर्टमा आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो, ९ जना पक्राउ >>   क्यापिटल दंगाका करिव १५ सयलाई ट्रम्पको माफी >>   बागलुङका ११ हजार किशोरीलाई एचपीभी खोप लगाइने >>   बढ्यो सुनको मूल्य, आज कतिमा भैरहेकोछ कारोबार ? >>   सशस्त्र प्रहरी बल २४औँ वर्षमा >>   भैरहवा र पोखरा विमानस्थल विदेश जाने श्रमीकका लागि डेडिकेटेड गरौँ >>   इण्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो
Logo
९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

विश्व


अल–असद सरकारको पतनपछि हजारौं सिरियालीहरू लेबनान पलायन

काठमाडौँ । युद्धग्रस्त सिरियामा शक्ति परिवर्तनपछि सुरक्षा चिन्ताका कारण हजारौं सिरियालीहरूले सिरिया छोड्ने निर्णय गरेका छन् । बसर अल–असदको सरकारको पतन भएदेखि दैनिक १ हजारदेखि १२ सय व्यक्ति सिरियाबाट कानूनी रूपमा लेबनान प्रवेश गर्ने गरेका छन् । मस्ना नाकामा अझै पनि सयौं मानिसले सीमा पार गर्न पर्खिरहेको बताएका छन्  ।

ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त

काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत डेभिन नुन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गरेका छन्  । हाउस इन्टेलिजेन्स कमिटीको पूर्व अध्यक्षको रूपमा नुन्सको अनुभव र सन् २०१६ को अमेरिकी चुनावमा रूसी हस्तक्षेपको पर्दाफास गर्न उनको  महत्त्वपूर्ण भूमिकाका लागि

अर्धसैनिक बलको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइतेः सुडानी सेना

काठमाडौँ । पश्चिमी सुडानको आवासीय भवन र विस्थापन शिविरहरूमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) द्वारा भएको आक्रमणमा कम्तिमा ४५ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य २८ जना घाइते भएको सुडानी सेनाले जनाएका छन्  । विद्रोही मिलिशियाले एल फशरको दक्षिणी क्षेत्र, शहरको दक्षिणमा जम्जाम विस्थापन शिविर र उत्तरमा अबु शौक शिविरमा रहेको

इजरायली आक्रमणबाट गाजामा ३० प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । गाजा पट्टीमा एक नगरपालिका भवन, तीन विद्यालय विस्थापित मानिसहरूको आवास र आवासीय घरहरूमा इजरायली हवाई आक्रमणमा ३० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् । इजरायली विमानले मध्य गाजाको देइर अल–बालाह नगरपालिकाको भवनलाई निशाना बनाएको स्थानीय स्रोतले बताए । यसैबीच इजरायली युद्धक विमानहरूले गाजा शहरको अल–जला स्ट्रिटमा विस्थापित

टर्किएले दमास्कसमा दूतावास पुनः खोल्यो

काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिवार सिरियाको राजधानी दमास्कसमा आफ्नो दुतावास पुनः खोलेको घोषणा गरेका छन्  । आफूहरु सिरियाका जनताको देशको पुनर्निर्माण र पुनः प्राप्तिको प्रयासमा साथमा उभिने प्रतिवद्धता समेत व्यक्त गरे  । एर्दोगानले पूर्वी टर्कियाको शहर एर्जुरममा आयोजित प्रान्तीय पार्टीको सम्मेलनमा यस्तो घोषणा गरेका हुन्  । अंकाराले

इजिप्टका राष्ट्रपति र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारबीच क्षेत्रीय घटनाक्रमबारे छलफल

काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले गाजा र सिरियाको पछिल्लो घटनाक्रमबारे छलफल गरेका छन् । बैठकले हमास–इजरायल द्वन्द्वमा युद्धविराम गर्न र बन्दीहरूको आदानप्रदानलाई सहज बनाउन दुवै पक्षको प्रयासको समीक्षा गरेका थिए  । अल–सिसीले गाजामा मानवीय सहायता पुर्‍याउने अत्यावश्यकतामा जोड दिए  । दुवै पक्षले

इजिप्टद्वारा ५०० मिलियन अमेरिकी डलरको सौर्य ऊर्जा प्लान्टको उद्घाटन

काठमाडौँ । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले शनिवार ५० करोड अमेरिकी डलरको सौर्य ऊर्जा प्लान्टको उद्घाटन गरेका छन्  । नवीकरणीय ऊर्जा उत्पादनलाई बढावा दिने प्रयासको एक भागको रूपमा दक्षिणी शहर अस्वानमा सो परियोजना शुरु गरिएको हो । ५ सय मेगावाट क्षमताको एबिडोस सोलार पीभी प्लान्ट दुबईको ऊर्जा कम्पनी एएमईए पावरले विकास

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा पाँच जनाको मृत्यु

 काठमाडौँ । फिलिपिन्सको राजधानीमा शनिबार बिहान भएको एक आवासीय आगलागीमा पाँच जनाको मृत्यु भएको फिलिपिन्सको अग्नि सुरक्षा ब्यूरोले जनाएका छन्  । स्थानीय समय अनुसार बिहान ७ः१४ बजे सुरु भएको आगलागीले नाभोटास सहरको एउटा घर ४० मिनेटभन्दा कम समयमै ध्वस्त पारेको र त्यसमा ४१ वर्षीया महिला र १७ वर्षका चार युवतीसहित

दक्षिण कोरियाली संसदद्वारा राष्ट्रपति युनविरुद्ध महाभियोग प्रश्ताव पारित

काठमाडौँ । दक्षिण कोरियाको संसदले शनिवार राष्ट्रपति युन सुक–योलको मार्शल ल घोषणामा दोस्रो महाभियोग प्रश्ताव पारित गरेका छन् । पहिलो एक हप्ता अघि खारेज गरेपछि यो दोस्रो पटक पारित गरेका हुन्  । ऐतिहासिक पूर्ण बैठकमा एक सदनात्मक राष्ट्रिय सभाका ३०० सांसदमध्ये २ सय ४ जनाले पक्षमा र ८५ जना विपक्षमा

थाइल्याण्डको ताक प्रान्तमा बम विस्फोट : तीन जनाको मृत्यु, ३९ घाइते

काठमाडौँ ।  थाइल्याण्डको ताक प्रान्तमा वार्षिक उत्सवको क्रममा बम विस्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३९ जना घाइते भएका छन् । प्रधानमन्त्री पटोङ्गटार सिनावात्राले शुक्रबार मध्यरातमा भएको विस्फोटमा मृतक र घाइतेहरूको परिवारप्रति सामाजिक सञ्जाल पोष्टमार्फत गहिरो समवेदना व्यक्त गरे  । पाइतोङटार्नले प्रहरी र सुरक्षा निकायलाई घटनाको तुरुन्त अनुसन्धान

सम्वन्धित समाचारहरु