Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

गाजामा इजरायली आक्रमणबाट ४६ जनाको मृत्यु


एजेन्सी। शनिवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ४६ जना प्यालेस्टिनीको मृत्यु भएको छ । गाजा नागरिक रक्षाका प्रवक्ता महमूद बसलले बताएअनुसार दक्षिणी गाजा पट्टीको रफाहको उत्तरमा रहेको अमेरिकी र इजरायली समर्थित सहायता वितरण केन्द्र नजिकै खानाको पर्खाइमा रहेका इजरायली सेनाको गोलीबारीबाट २७ जना प्यालेस्टिनीको मृत्यु भएको छ । १८० जना घाइते भएका छन् ।

उत्तरी शहर गाजा शहरमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु भएको छ । जसमध्ये आठ महिला र बालबालिका छन् । मध्य गाजा पट्टीको देइर अल–बलाह शहरमा हवाई आक्रमणमा कम्तिमा सात जनाको मृत्यु भएको छ ।

एम्बुलेन्स टोलीले गाजा पट्टीको दक्षिणमा रहेको खान युनिसको शेख नासेर क्षेत्रबाट इजरायली बमबारीमा मारिएका दुई व्यक्तिको शव पनि निकालेको छ । मार्च १८ मा इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको छ । इजरायलले आफ्नो आक्रमणहरू पुनः शुरु गरेदेखि कम्तिमा ७ हजार ३ सय ११ प्यालेस्टिनीहरू मारिएका छन् । २६ हजार ५४ जना घाइते भएका छन् । अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५७ हजार ८ सय ८२ पुगेको छ भने घाइतेहरूको संख्या १ लाख ३८ हजार ९५ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?