Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

गाजामा इजरायली आक्रमणबाट ४६ जनाको मृत्यु


एजेन्सी। शनिवार गाजा पट्टीमा इजरायली आक्रमणबाट ४६ जना प्यालेस्टिनीको मृत्यु भएको छ । गाजा नागरिक रक्षाका प्रवक्ता महमूद बसलले बताएअनुसार दक्षिणी गाजा पट्टीको रफाहको उत्तरमा रहेको अमेरिकी र इजरायली समर्थित सहायता वितरण केन्द्र नजिकै खानाको पर्खाइमा रहेका इजरायली सेनाको गोलीबारीबाट २७ जना प्यालेस्टिनीको मृत्यु भएको छ । १८० जना घाइते भएका छन् ।

उत्तरी शहर गाजा शहरमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु भएको छ । जसमध्ये आठ महिला र बालबालिका छन् । मध्य गाजा पट्टीको देइर अल–बलाह शहरमा हवाई आक्रमणमा कम्तिमा सात जनाको मृत्यु भएको छ ।

एम्बुलेन्स टोलीले गाजा पट्टीको दक्षिणमा रहेको खान युनिसको शेख नासेर क्षेत्रबाट इजरायली बमबारीमा मारिएका दुई व्यक्तिको शव पनि निकालेको छ । मार्च १८ मा इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको छ । इजरायलले आफ्नो आक्रमणहरू पुनः शुरु गरेदेखि कम्तिमा ७ हजार ३ सय ११ प्यालेस्टिनीहरू मारिएका छन् । २६ हजार ५४ जना घाइते भएका छन् । अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५७ हजार ८ सय ८२ पुगेको छ भने घाइतेहरूको संख्या १ लाख ३८ हजार ९५ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?