Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बन्दरगाह पूर्वाधार स्तरोन्नति गर्न ८० करोड अमेरिकी डलरको सम्झौता


एजेन्सी। सिरियाको भूमि तथा समुन्द्री बन्दरगाहका लागि सामान्य प्राधिकरण र विश्वको सबैभन्दा ठूलो व्यावसायिक बन्दरगाह फर्महरूमध्ये एक संयुक्त अरब इमिरेट्सको डिपी वल्र्डले सिरियामा बन्दरगाह पूर्वाधार र रसद सेवाहरू बढाउन ८० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौता सिरियाको भूमध्यसागरीय तटमा रहेको टार्टस बन्दरगाहमा बहुउद्देश्यीय टर्मिनल विकास गर्ने, औद्योगिक र स्वतन्त्र व्यापार क्षेत्रहरू स्थापना गर्ने सहकार्यमा केन्द्रित छ ।

प्राधिकरणका प्रमुख कुतैबा बदावीले यो सम्झौताले सिरियाली समुन्द्री र रसद विकासमा नयाँ चरणलाई प्रतिविम्वित गरेको बताए । सिरियालाई क्षेत्रीय र विश्वव्यापी आर्थिक परिदृश्यमा पुनः एकीकृत गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । डिपी वल्र्डका अध्यक्ष र सीईओ सुल्तान अहमद बिन सुलायमले सिरियाली अर्थतन्त्रमा महत्वपूर्ण सम्भावना रहेको बताएका हुन् । टार्टस बन्दरगाहले विभिन्न सिरियाली उत्पादनहरूको यातायात र निर्यातको लागि अवसरहरू प्रदान गर्दछ । यो सम्झौता मे महिनामा दुई पक्षबीच हस्ताक्षर भएको समझदारी पत्रपछि भएको हो ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?