Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

बन्दरगाह पूर्वाधार स्तरोन्नति गर्न ८० करोड अमेरिकी डलरको सम्झौता


एजेन्सी। सिरियाको भूमि तथा समुन्द्री बन्दरगाहका लागि सामान्य प्राधिकरण र विश्वको सबैभन्दा ठूलो व्यावसायिक बन्दरगाह फर्महरूमध्ये एक संयुक्त अरब इमिरेट्सको डिपी वल्र्डले सिरियामा बन्दरगाह पूर्वाधार र रसद सेवाहरू बढाउन ८० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौता सिरियाको भूमध्यसागरीय तटमा रहेको टार्टस बन्दरगाहमा बहुउद्देश्यीय टर्मिनल विकास गर्ने, औद्योगिक र स्वतन्त्र व्यापार क्षेत्रहरू स्थापना गर्ने सहकार्यमा केन्द्रित छ ।

प्राधिकरणका प्रमुख कुतैबा बदावीले यो सम्झौताले सिरियाली समुन्द्री र रसद विकासमा नयाँ चरणलाई प्रतिविम्वित गरेको बताए । सिरियालाई क्षेत्रीय र विश्वव्यापी आर्थिक परिदृश्यमा पुनः एकीकृत गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । डिपी वल्र्डका अध्यक्ष र सीईओ सुल्तान अहमद बिन सुलायमले सिरियाली अर्थतन्त्रमा महत्वपूर्ण सम्भावना रहेको बताएका हुन् । टार्टस बन्दरगाहले विभिन्न सिरियाली उत्पादनहरूको यातायात र निर्यातको लागि अवसरहरू प्रदान गर्दछ । यो सम्झौता मे महिनामा दुई पक्षबीच हस्ताक्षर भएको समझदारी पत्रपछि भएको हो ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?