Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र


‘केपी शर्मा ओलीलाई नै भोट किन ?’ — एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै विकास, सुशासन र समृद्धिको स्पष्ट खाका सार्वजनिक गरेको छ।

‘केपी शर्मा ओलीलाई नै भोट किन ?’ शीर्षकसहित सार्वजनिक गरिएको प्रतिबद्धतामा राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको सुदृढीकरण र जनताको मौलिक अधिकार पुनःस्थापनालाई प्राथमिकतामा राखिएको छ।

एमालेले विदेशी हस्तक्षेप अन्त्य गर्दै देशमा शान्ति, स्थायित्व र समृद्धिको वातावरण बनाउने प्रतिवद्धता जनाएको छ। साथै रोजगारी सिर्जना, युवालाई सीपमूलक तथा प्राविधिक शिक्षासँग जोड्ने, आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य अघि सारिएको छ।

घोषणापत्रमा कृषि, उद्योग, पर्यटन, पूर्वाधार र स्वास्थ्य क्षेत्रमा ठूला सुधारको योजना उल्लेख छ। पूर्व–पश्चिम राजमार्ग, द्रुतमार्ग, सडक सञ्जाल विस्तारदेखि अस्पताल, विद्यालय र सामुदायिक संरचनाको स्तरोन्नतिसम्मका कार्यक्रम समेटिएका छन्।

एमालेले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने, सुशासन कायम गर्ने र जनतालाई सहज स्वास्थ्य तथा गुणस्तरीय शिक्षा उपलब्ध गराउने दाबी गरेको छ। साथै स्थानीय उत्पादन, वन तथा फलफूल विकास, औद्योगिक क्षेत्र विस्तारमार्फत रोजगारी र आम्दानी बढाउने नीति अघि सारिएको छ।

‘स्थिर सरकार, बलियो नेतृत्व र स्पष्ट दृष्टिकोणका लागि केपी शर्मा ओली आवश्यक छन्’ भन्ने सन्देशसहित एमालेले सूर्य चिन्हमा मतदान गर्न मतदातालाई आह्वान गरेको छ।


प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?