Trending
>>   विवाहपञ्चमीको निम्तो दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान >>   नेपालमा अमेरिकी लगानी बढाउन कर प्रणालीको पूर्वानुमानयोग्यता र पारदर्शी कानून आवश्यकः अमेरिकी दुतावास >>   निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानूनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल >>   महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारी सडकमा >>   संविधानको धारा खोल्न दबाब आएको थियो : ओलीको नयाँ खुलासा >>   विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार >>   बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक >>   हिंसाले सत्ता ढाल्यो, सुरक्षा संयन्त्रले टुलुटुलु हेर्‍यो : ओली >>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल
Logo
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

विवाहपञ्चमीको निम्तो दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान


काठमाडौं । जनकपुरधाममा आयोजना हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरधामबाट एक टोली भारतको अयोध्या प्रस्थान गरेको छ ।

जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद् तथा जनकपुरधामको नागरिक समाजका प्रतिनिधिहरू सम्मिलित टोली रामजन्मभूमि अयोध्याका लागि प्रस्थान गरेको हो । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विवाहपञ्चमी महोत्सव जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसर भएको बताएका छन् । त्रेतायुगमा राजा जनकले सीता–राम विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको प्रसङ्ग स्मरण गर्दै उहाँले सोही परम्परालाई पुनः जीवन्त बनाउन आफूहरू अयोध्या जान लागेको बताएका छन् ।

विवाहपञ्चमीको निमन्त्रणा दिन अयोध्या जाने टोलीले आजदेखि औपचारिक रूपमा यात्रु सेवा सुरु गरेको सरयू–कमला एक्सप्रेस रेलमार्फत यात्रा गरेको हो । टोलीले अयोध्याका लागि निमन्त्रणासँगै लत्ताकपडा, गरगहना, भाँडाकुँडालगायतका सामग्री समावेश गरिएको भारसमेत लगेको छ । जनकपुरधाममा प्रत्येक वर्ष साताव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवमा सीता–राम विवाहको धार्मिक परम्परालाई विशेष उत्सवका रूपमा मनाउने गरिन्छ ।


प्रकाशित मिति: १२ मंसिर २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?