Trending
>>   विवाहपञ्चमीको निम्तो दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान >>   नेपालमा अमेरिकी लगानी बढाउन कर प्रणालीको पूर्वानुमानयोग्यता र पारदर्शी कानून आवश्यकः अमेरिकी दुतावास >>   निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानूनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल >>   महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारी सडकमा >>   संविधानको धारा खोल्न दबाब आएको थियो : ओलीको नयाँ खुलासा >>   विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार >>   बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक >>   हिंसाले सत्ता ढाल्यो, सुरक्षा संयन्त्रले टुलुटुलु हेर्‍यो : ओली >>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल
Logo
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

नेपालमा अमेरिकी लगानी बढाउन कर प्रणालीको पूर्वानुमानयोग्यता र पारदर्शी कानून आवश्यकः अमेरिकी दुतावास


काठमाडौं । नेपालमा अमेरिकी लगानी तथा व्यापार विस्तारका लागि कर प्रणालीमा पूर्वानुमानयोग्यता, बौद्धिक सम्पती अधिकारको संरक्षण र सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता आवश्यक रहेको अमेरिकी दुतावासले जनाएको छ ।

नेपालस्थित अमेरिकी दुतावासका उपप्रमुख स्कट अर्बोमले नेपाल–अमेरिका आर्थिक साझेदारीलाई थप मजबुत बनाउन व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । नेपाल–अमेरिका उद्योग वाणिज्य संघ (नुसाक्की) द्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले अमेरिकी कम्पनीहरूका लागि नेपालमा लगानीको अनुकूल वातावरण निर्माण गर्नु ट्रम्प प्रशासन र अमेरिकी दुतावासको प्राथमिकता रहेको उल्लेख गरेका छन् । उनले नेपालमा अमेरिकी कम्पनीहरूले सकारात्मक अनुभव हासिल गर्ने, सफल साझेदारी निर्माण गर्ने र व्यवसाय विस्तारका नयाँ अवसर पाउने वातावरण बनाउन चाहेको बताएका छन् अर्बोमले नेपालमा अमेरिकी कम्पनीहरूको सफलताले अन्य अमेरिकी कम्पनीहरूलाई पनि नेपाली बजारप्रति आकर्षित गर्ने उल्लेख गरेका छन् । नेपालमा थप अमेरिकी कम्पनीले आफ्ना नवीन प्रविधि, उत्पादन तथा सेवा भित्र्याउनसके दुवै देशका लागि आर्थिक अवसर विस्तार हुने उनको भनाइ छ ।

उनले नेपालमा भ्रष्टाचार र प्रशासनिक झन्झट घटाउन व्यापक समर्थन देखिएको उल्लेख गर्दै यस अवसरको सदुपयोग गर्न अमेरिकी दुतावासले नुसाक्कीजस्ता संस्थासँग सहकार्य जारी राख्ने बताएका छन् । कार्यक्रममा उनले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै विपद्पछिको पुनःस्थापना र पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहयोग उपलब्ध गराएको जानकारी दिएका छन् । बाढीबाट प्रभावित परिवारसँगै बेपत्ता भएका अमेरिकी नागरिकहरूप्रति पनि उनले चिन्ता व्यक्त गरे । नेपाल र अमेरिकाबीचको सम्बन्ध करिब ८० वर्ष पुरानो रहेको उल्लेख गर्दै अर्बोमले आगामी दिनमा व्यापार, लगानी र नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्न अमेरिका इच्छुक रहेको बताएका छन् ।

उनले नेपालमा आर्थिक समृद्धि र दुई देशबीचको सम्बन्ध विस्तारमा योगदान पु¥याउने व्यवसायी तथा व्यक्तिहरूलाई सम्मान गर्दै पुरस्कार प्राप्त गर्ने सबैलाई बधाईसमेत दिएका छन् । निजी क्षेत्रले दुई देशबीचको आर्थिक सम्बन्धलाई नजिक बनाउन महत्वपूर्ण भुमिका खेलिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि व्यापारिक सम्बन्ध विस्तार र साझा समृद्धिका लागि सहकार्य जारी रहने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १२ मंसिर २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?