Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन


निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापतिको कडा निर्देशन

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाली सेनालाई विशेष निर्देशन दिनुभएको छ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मुख्यालयमा सम्बोधन गर्दै उहाँले सेनाले राष्ट्र, संस्कृति र लोकतन्त्रको रक्षा गर्दै निर्वाचन सुरक्षामा उच्च सतर्कता अपनाउनुपर्ने बताउनुभयो। साथै सबै सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययनलाई अनिवार्य गर्न निर्देशन दिनुभयो।

यसै अवसरमा प्रधानसेनापतिले कर्तव्यपालनाका क्रममा वीरगति प्राप्त सैनिकको सम्मानमा टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै वीर परिवारलाई सम्मान गर्नुभएको छ।


प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?