Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

कंगोमा हैजाको प्रकोप उच्च


एजेन्सी। प्रजातान्त्रिक गणतन्त्र कंगोमा हैजाको प्रकोप उच्च भएको छ । संक्रमण अझै बढ्दै गएको स्वास्थ्यमन्त्री रोजर काम्बाले बताए । आफूहरु महामारीको उच्च तहमा रहेको र केसहरु अझै बढिरहेको बताएका छन् ।

देशभर ३३ हजार भन्दा बढी बिरामीहरु रेकर्ड गरिएको बताए । जसको मृत्युदर २ प्रतिशत रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार २०२५ को केस गणनाले २०२४ को कुल ३१ हजार ७ सय ४९ पार गरिसकेको छ । देशका २६ प्रान्तहरू मध्ये १७ सम्म प्रभावित भएका छन् ।

१७ लाखभन्दा बढी मानिसहरू बसोवास गर्ने राजधानी किन्शासामा हाल हप्तामा लगभग १३० नयाँ केसहरू दर्ता भइरहेका छन् । सरकारले किन्शासामा नयाँ उपचार केन्द्रहरू खोल्दै पुष्टि भएका बिरामीहरूलाई निःशुल्क हेरचाह प्रदान गर्दैछ ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?