Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कंगोमा हैजाको प्रकोप उच्च


एजेन्सी। प्रजातान्त्रिक गणतन्त्र कंगोमा हैजाको प्रकोप उच्च भएको छ । संक्रमण अझै बढ्दै गएको स्वास्थ्यमन्त्री रोजर काम्बाले बताए । आफूहरु महामारीको उच्च तहमा रहेको र केसहरु अझै बढिरहेको बताएका छन् ।

देशभर ३३ हजार भन्दा बढी बिरामीहरु रेकर्ड गरिएको बताए । जसको मृत्युदर २ प्रतिशत रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार २०२५ को केस गणनाले २०२४ को कुल ३१ हजार ७ सय ४९ पार गरिसकेको छ । देशका २६ प्रान्तहरू मध्ये १७ सम्म प्रभावित भएका छन् ।

१७ लाखभन्दा बढी मानिसहरू बसोवास गर्ने राजधानी किन्शासामा हाल हप्तामा लगभग १३० नयाँ केसहरू दर्ता भइरहेका छन् । सरकारले किन्शासामा नयाँ उपचार केन्द्रहरू खोल्दै पुष्टि भएका बिरामीहरूलाई निःशुल्क हेरचाह प्रदान गर्दैछ ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?