Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मङ्गोलियामा परम्परागत नादम महोत्सव उद्घाटन


एजेन्सी। मङ्गोलियाली राष्ट्रपति उखना खुरेलसुखले शुक्रवार देशको राष्ट्रिय दिवस मनाउने परम्परागत नादम महोत्सवको उद्घाटन गरेका छन् ।

राजधानी उलान बाटोरको एक रंगशालामा उद्घाटन समारोहमा बोल्दै खुरेलसुखले नादमलाई मङ्गोलियाको राज्यत्व, इतिहास र संस्कृतिको अमूल्य प्रतीकको रूपमा वर्णन गरे ।

उनले यसलाई राष्ट्रको एकता, स्वतन्त्रता र समृद्धिको प्रतिविम्व, साथै मङ्गोलियाली जनताको लागि आध्यात्मिक शक्ति र आनन्दमय उत्सवको रूपमा वर्णन गरे । युनेस्कोले अमूर्त सांस्कृतिक सम्पदाको रूपमा सूचीवद्ध गरेको नादम महोत्सव घुमन्ते देशमा हरेक वर्ष जुलाई ११ देखि १५ सम्म मनाइने आधिकारिक बिदा हो । नादम शब्दको अर्थ मङ्गोलियाली भाषामा खेल वा रमाइलो हो । यो महोत्सव राष्ट्रका तीन परम्परागत पुरुष खेलहरूमा केन्द्रित छ । घोडा दौड, धनुर्विद्या र कुस्तीमा यो सम्बन्धित छ ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?