Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

मङ्गोलियामा परम्परागत नादम महोत्सव उद्घाटन


एजेन्सी। मङ्गोलियाली राष्ट्रपति उखना खुरेलसुखले शुक्रवार देशको राष्ट्रिय दिवस मनाउने परम्परागत नादम महोत्सवको उद्घाटन गरेका छन् ।

राजधानी उलान बाटोरको एक रंगशालामा उद्घाटन समारोहमा बोल्दै खुरेलसुखले नादमलाई मङ्गोलियाको राज्यत्व, इतिहास र संस्कृतिको अमूल्य प्रतीकको रूपमा वर्णन गरे ।

उनले यसलाई राष्ट्रको एकता, स्वतन्त्रता र समृद्धिको प्रतिविम्व, साथै मङ्गोलियाली जनताको लागि आध्यात्मिक शक्ति र आनन्दमय उत्सवको रूपमा वर्णन गरे । युनेस्कोले अमूर्त सांस्कृतिक सम्पदाको रूपमा सूचीवद्ध गरेको नादम महोत्सव घुमन्ते देशमा हरेक वर्ष जुलाई ११ देखि १५ सम्म मनाइने आधिकारिक बिदा हो । नादम शब्दको अर्थ मङ्गोलियाली भाषामा खेल वा रमाइलो हो । यो महोत्सव राष्ट्रका तीन परम्परागत पुरुष खेलहरूमा केन्द्रित छ । घोडा दौड, धनुर्विद्या र कुस्तीमा यो सम्बन्धित छ ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?