Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

वेस्ट बैंक विध्वंसले दशौं हजार विस्थापित


एजेन्सी। जनवरीमा इजरायली सेनाले तुल्करम, नुर शम्स र जेनिन लगायतका शिविरहरूमा आक्रमण जारी गरेदेखि उत्तरी पश्चिम किनारका शरणार्थी शिविरहरूबाट लगभग ४० हजार शरणार्थीहरूलाई बाहिर निकालिएको छ ।

इजरायली अधिकारीहरूले यी शिविरहरूमा सक्रिय सशस्त्र प्यालेस्टिनी समूहहरूलाई भत्काउने उद्देश्यले कारबाही गरिएको जनाएको हो । मे महिनामा इजरायली सेनाले तुल्करम शिविरमा १०० भन्दा बढी घरहरू भत्कायो ।

सेनाले सुरक्षा कारणहरूले गर्दा भत्काउन आवश्यक भएको बताएको थियो । तर बासिन्दाहरू स्थायी विस्थापन हुने डर छ । जेनिन नगरपालिकाका प्रवक्ता बशीर माताहिनले लगभग ६०० घरहरू ध्वस्त भएका छन् । शिविर भित्र र वरपर आठ सडकहरू निर्माण गरिएका छन् । फलस्वरूप लगभग २२ हजार बासिन्दाहरू विस्थापित भएका छन् ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?