Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा


महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा

काठमाडौं । आइतबार पर्ने महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको छ। रङरोगन, सरसफाइसँगै साधु–सन्तहरूको आगमन बढेको छ भने सुरक्षासहित भीड व्यवस्थापनको योजना कार्यान्वयनमा ल्याइएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दर्शनार्थीको सहज आवतजावतका लागि विशेष ट्राफिक योजना बनाएको छ। चाबहिल, गौशाला र तिलगंगामा सामान्य अवस्थामा सवारी निर्वाध चल्नेछ भने अत्यधिक भीड भएमा गौशाला क्षेत्रमा सवारी निषेध गरी वैकल्पिक मार्ग प्रयोग गरिनेछ।

तिनकुने–सिनामंगल, बौद्ध–गौरीघाट, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने मालबाहक सवारी साधनलाई आवश्यकता अनुसार रोक लगाइनेछ। दर्शनार्थीका लागि सिफल चौर, गुहेश्वरी पारी, तिलगंगा आँखा अस्पताल क्षेत्र, भण्डारखाललगायत स्थानमा पार्किङ तोकिएको छ।

ट्राफिक प्रहरीले भक्तजनलाई सार्वजनिक सवारी र तोकिएको पार्किङ प्रयोग गर्न आग्रह गरेको छ।


प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?