Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य


राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो सङ्कल्प पत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आज कार्यक्रममार्फत पत्र सार्वजनिक गर्नुभएको हो।

सङ्कल्प पत्रले राजनीतिक स्थिरता, सुशासन, आर्थिक सुधार, सामाजिक न्याय र समृद्धिको लक्ष्य तय गरेको छ। प्रमुख योजनामा शिक्षा–स्वास्थ्यमा निःशुल्क पहुँच, रोजगार सिर्जना, पुँजी निर्माण, दिगो विकास र प्रविधि विस्तार समावेश छन्।

पार्टीले देशलाई २०८७ सम्म मध्यम आयस्तरको राष्ट्र बनाउने योजना अघि सारेको छ। जलस्रोत, पर्यटन, कृषि, सूचना प्रविधि, विदेशी नेपालीको सीप तथा निजी क्षेत्रको सहभागितामा जिडिपीमा ८२% योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

साथै, वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र, राष्ट्रिय एकता–सुरक्षा, सांस्कृतिक संरक्षण र दुई तहको शासन संरचनासहित सर्वधर्म समभाव सुनिश्चित गर्ने प्रतिबद्धता पनि पत्रमा उल्लेख छ।


प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?