काठमाडौँ। इजरायलले गाजा शहर कब्जा गर्न र त्यहाँको जनसंख्यालाई विस्थापित गर्न योजनावद्ध आक्रमण गर्नुअघि बुधवार ६० हजार सेना तैनाथ गरेको छ । सरकारका प्रवक्ताले आगामी दिनहरूमा थप २० हजार सैनिकहरू बोलाइने बताएका छन् । अभियानभर तीन चरणहरूमा कुल १ लाख १०, हजारदेखि १ लाख ३० हजार रिजर्भिस्टहरू तैनाथ गरिनेछ ।
काठमाडौं । भारत र चीनले नेपाललाई जानकारी नदिई पुनः लिपुलेक नाका प्रयोग गरेर सीमा व्यापार खोल्ने सहमति गरेपछि नेपाल सरकारले तीव्र असन्तुष्टि जनाएको छ। परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको ३ बुँदे विज्ञप्तिमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको संविधानमै स्पष्ट उल्लेख भइसकेको भन्दै सो क्षेत्रमा कुनै पनि गतिविधि
वासिङ्टन डिसी । अमेरिकी विदेश मन्त्रालयले ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ। कानुन उल्लङ्घन तथा भिसा म्याद सकिएपछि पनि अमेरिकामै बस्ने गरेको कारण देखाइएको छ। रद्द गरिएका भिसामध्ये करिब ४ हजार कानुन उल्लङ्घन (कुटपिट, मदिरा सेवन गरेर गाडी चलाउने, लुटपाटजस्ता अपराध)सँग सम्बन्धित छन् भने २००–३०० विद्यार्थीको भिसा
काठमाडौँ । हमासले इजिप्ट र कतारी मध्यस्थकर्ताहरूबाट नयाँ युद्धविराम प्रश्ताव प्राप्त गरेको छ । जसमा गाजामा ६० दिनको युद्धविराम र दुई चरणमा सबै वन्धकहरूको रिहाइको लागि आह्वान गरिएको छ ।स्थायी युद्धविरामको लागि वार्ता शुरु गर्ने नयाँ प्रश्ताव, इजिप्ट र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टीव विटकफको प्रश्तावमा आधारित छ ।
काठमाडौँ। इण्डोनेसियाको मध्य सुलावेसी प्रान्तको पोसो रिजेन्सीमा आईतवार ६.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट २९ जना घाइते भएको देशको राष्ट्रिय विपद् व्यवस्थापन निकायले एक विज्ञप्तिमा जनाएको छ । मौसम विज्ञान, जलवायु विज्ञान र भूभौतिकी निकायले जकार्ता समय बिहान ५ः३८ बजे भूकम्प गएको जनाएको छ । जसको केन्द्रबिन्दु पोसो रिजेन्सीबाट
काठमाडौँ। अफगानिस्तानको अन्तरिम सरकारले एक भव्य समारोहका साथ काबुल कब्जाको चौथो वार्षिकोत्सव मनाएको छ । अधिकारीहरूले राष्ट्रिय सुरक्षा स्थापना, देशहरूसँग कूटनीतिक सम्बन्ध सुदृढीकरण, पुनर्निर्माण परियोजनाहरूको शुरुवात, लागुपदार्थ र ओसारपसार उन्मूलन र प्रशासनिक भ्रष्टाचार नियन्त्रण गर्ने प्रयासहरू लगायत प्रमुख उपलब्धिहरूलाई प्रकाश पारेका छन् । अन्य कामहरुमा आप्रवासीहरूको फिर्ती व्यवस्थापन, प्रमुख क्षेत्रीय
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार अमेरिकी राज्य अलास्का एन्कोरेजमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गरेका हुन् । बैठक धेरै फलदायी भएको तर कुनै सम्झौता नभएको बताएका छन् । एन्कोरेज शहरको संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा आफ्नो वार्ता समाप्त गरेपछि दुई राष्ट्रपतिले संयुक्त पत्रकार सम्मेलन गरेका थिए। ट्रम्पले पत्रकार सम्मेलनमा धेरै बुँदाहरूमा
काठमाडौँ। भारतले ७९ औँ स्वतन्त्रता दिवस भव्यताका साथ मानिरहेको छ । दिल्लीको लालकिल्लाबाट प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई सम्बोधन गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको आजको सम्बोधन ऐतिहासिक पनि छ । प्रधानमन्त्री मोदीको लालकिल्लाबाट यो १२ औँ पटकको सम्बोधन हो । साथै प्रधानमन्त्री मोदीले १०३ मिनेट लामो भाषण गर्नुभयो । जुन
फ्रान्स। यस हप्ता केही फ्रान्सेली क्षेत्रहरूमा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ । जुन यस गर्मीको सबैभन्दा तिब्र गर्मीको लहर मध्ये एक हो । फ्रान्सको राष्ट्रिय मौसम विज्ञान सेवाकाअनुसार अगस्ट २० सम्म चिसो मौसमको अपेक्षा गरिएको छैन । बासिन्दाहरूलाई आफ्नो आवतजावत सिमित गर्न, हाइड्रेटेड रहन र गर्मीबाट आफ्नो घरलाई जोगाउन
काठमाडौँ। पाकिस्तान र अमेरिकाले इस्लामाबादमा पाकिस्तान–अमेरिका प्रतिआतंकवाद वार्ताको पछिल्लो चरणको क्रममा सबै प्रकार र अभिव्यक्तिहरूमा आतंकवाद विरुद्ध लड्न आफ्नो साझा प्रतिवद्धता पुष्टि गरेका छन् । बैठकको सह–अध्यक्षता पाकिस्तानको विदेश मन्त्रालयका संयुक्त राष्ट्र मामिला मन्त्रालयका विशेष सचिव नबील मुनिर र अमेरिकी विदेश विभागको प्रतिआतंकवाद ब्यूरोका लागि प्रतिआतंकवाद विरोधी कार्यवाहक संयोजक ग्रेगरी