Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त


महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त

काठमाडौं । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान बुधबार बिहान दुर्घटनामा परेको छ । रनवेबाट चिप्लिएर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी आएको छ ।

दुर्घटनामा उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते भएको बताइएको छ । उनी जिल्ला परिषद् निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती पुग्दै थिए । विमानमा उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारी पनि सवार थिए । उनीहरू सबै घाइते भएको जनाइएको छ ।

दुर्घटनापछि विमानमा आगलागी भई बाक्लो धुवाँ उडेको र विमानका टुक्रा आसपास छरिएको देखिएको छ । घटनास्थलमा स्थानीय बासिन्दा, उद्धार टोली, एम्बुलेन्स र मेडिकल टोली परिचालित छन् ।

घटनाको वास्तविक कारणबारे अनुसन्धान सुरु गरिएको छ भने थप विवरण आउन बाँकी छ ।


प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?