Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन


गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट गोरखा–१ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनेका सुदन गुरुङले आउँदो निर्वाचनलाई लक्षित गर्दै गोरखा–१ अन्तर्गत चुमनुब्री गाउँपालिकाबाट घरदैलो अभियान सुरु गरेका छन् । उनले ‘विकास, इमानदारी र परिवर्तन’को सन्देशसहित अभियानको पहिलो दिन स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्ने बताएका छन् ।

अभियानको सुरुआत गर्दै  उनले यो यात्रा कुनै पदको लोभका लागि नभई गोरखाको माटोप्रतिको कर्तव्य र देशप्रतिको जिम्मेवारीबाट प्रेरित भएको बताए। वीरभूमि गोरखाले दिएको इतिहास, पहिचान र संस्कारलाई सम्मान गर्दै अधुरा सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले विकास, सुशासन र इमानदार सेवामार्फत जनताको भरोसा जित्ने अठोट व्यक्त गर्दै स्थानीयवासीको साथ, विश्वास र आशीर्वाद नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गरे। अभियानलाई गोरखाको सम्मान, समाजको भविष्य र देशको हितका लागि साझा यात्रा बनाउने आह्वान गरिएको बताएका छन् ।

गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन

प्रकाशित मिति: १३ माघ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?