Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२२ पुष २०८२, मंगलवार
२२ पुष २०८२, मंगलवार

कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने


कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने

एजेन्सी । आईतवार हस्ताक्षर गरिएको समझदारी पत्र (एमओयू) अन्तर्गत कतारले सन् २०२६ को ग्रीष्मयाममा इजिप्टलाई २४ वटासम्म तरल प्राकृतिक ग्यास (एलएनजी) का खेपहरू (शिपमेन्ट) आपूर्ति गर्ने भएको छ । यो जानकारी कतारको सरकारी स्वामित्वको पेट्रोलियम कम्पनी कतार इनर्जीले दिएको हो ।

एक विज्ञप्तिमा कम्पनीले कतार इनर्जी र इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयबीच भएको यो समझदारीले ऊर्जा क्षेत्रमा थप सहयोगका लागि मार्ग प्रशस्त गरेको जनाएको छ । जसमा इजिप्टलाई एलएनजीको दीर्घकालीन आपूर्ति समावेश छ । कतार इनर्जीले एलएनजीका खेपहरू इजिप्टका सोख्ना र डामिएटा बन्दरगाहमा पु¥याउने इजिप्टको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार यो समझदारी आपूर्ति संयन्त्रको विविधीकरण गर्ने र आन्तरिक आवश्यकताहरू सुनिश्चित गर्ने राष्ट्रिय रणनीति अनुरुप रहेको छ । हाल इजिप्टका ६ वटा भूमध्यसागरीय तटीय ब्लकहरूमा सञ्चालित कतार इनर्जीले आगामी पाँच वर्षमा इजिप्टमा नयाँ लगानी गर्ने र प्रमुख अन्तर्राष्ट्रिय ऊर्जा कम्पनीहरूसँगको सहकार्यमा विभिन्न अन्वेषणात्मक इनारहरू खन्ने योजना बनाएको मन्त्रालयले थपेको छ ।

हालैका वर्षहरूमा इजिप्टले बढ्दो आन्तरिक माग पूरा गर्न आफ्नो तेल र ग्यास उत्पादन बढाउनुका साथै आयात स्रोतहरूको विविधीकरण गर्न खोजिरहेको छ । गत वर्षको अगस्टमा इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबोलीले इजिप्टको प्राकृतिक ग्यास उत्पादन दैनिक ४.१ अर्ब घनफिट रहेको र सन् २०२७ सम्ममा यो बढेर दैनिक ६.६ अर्ब घनफिट पुग्ने अपेक्षा गरिएको बताएका थिए ।


प्रकाशित मिति: २१ पुष २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?