Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने


कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने

एजेन्सी । आईतवार हस्ताक्षर गरिएको समझदारी पत्र (एमओयू) अन्तर्गत कतारले सन् २०२६ को ग्रीष्मयाममा इजिप्टलाई २४ वटासम्म तरल प्राकृतिक ग्यास (एलएनजी) का खेपहरू (शिपमेन्ट) आपूर्ति गर्ने भएको छ । यो जानकारी कतारको सरकारी स्वामित्वको पेट्रोलियम कम्पनी कतार इनर्जीले दिएको हो ।

एक विज्ञप्तिमा कम्पनीले कतार इनर्जी र इजिप्टको पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयबीच भएको यो समझदारीले ऊर्जा क्षेत्रमा थप सहयोगका लागि मार्ग प्रशस्त गरेको जनाएको छ । जसमा इजिप्टलाई एलएनजीको दीर्घकालीन आपूर्ति समावेश छ । कतार इनर्जीले एलएनजीका खेपहरू इजिप्टका सोख्ना र डामिएटा बन्दरगाहमा पु¥याउने इजिप्टको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार यो समझदारी आपूर्ति संयन्त्रको विविधीकरण गर्ने र आन्तरिक आवश्यकताहरू सुनिश्चित गर्ने राष्ट्रिय रणनीति अनुरुप रहेको छ । हाल इजिप्टका ६ वटा भूमध्यसागरीय तटीय ब्लकहरूमा सञ्चालित कतार इनर्जीले आगामी पाँच वर्षमा इजिप्टमा नयाँ लगानी गर्ने र प्रमुख अन्तर्राष्ट्रिय ऊर्जा कम्पनीहरूसँगको सहकार्यमा विभिन्न अन्वेषणात्मक इनारहरू खन्ने योजना बनाएको मन्त्रालयले थपेको छ ।

हालैका वर्षहरूमा इजिप्टले बढ्दो आन्तरिक माग पूरा गर्न आफ्नो तेल र ग्यास उत्पादन बढाउनुका साथै आयात स्रोतहरूको विविधीकरण गर्न खोजिरहेको छ । गत वर्षको अगस्टमा इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबोलीले इजिप्टको प्राकृतिक ग्यास उत्पादन दैनिक ४.१ अर्ब घनफिट रहेको र सन् २०२७ सम्ममा यो बढेर दैनिक ६.६ अर्ब घनफिट पुग्ने अपेक्षा गरिएको बताएका थिए ।


प्रकाशित मिति: २१ पुष २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?