Trending
>>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित) >>   दक्षिण यमनमा साउदी हवाई आक्रमणः ६ जनाको मृत्यु >>   निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भवः मन्त्री सिन्हा >>   सिरियाली सेनाद्वारा अलेप्पोका दुई क्षेत्र बन्द सैन्य क्षेत्र घोषणा गर्दै कर्फ्यु लागू >>   कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन >>   अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा >>   मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैनः सञ्चारमन्त्री खरेल
Logo
२४ पुष २०८२, बिहीबार
२४ पुष २०८२, बिहीबार

मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध


Mamdani sworn in as New York City's first Muslim mayor

अमेरिका । डेमोक्र्याट जोहरान मामदानीले बिहीवार न्युयोर्क शहरको मेयरको रूपमा शपथ लिएका छन् । उनी अमेरिकाको जनसंख्याको हिसावले सबैभन्दा ठूलो शहरको नेतृत्व गर्ने पहिलो मुस्लिम व्यक्ति बनेका छन् । उनले शहरको महँगीको संकट समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

आफ्नो शपथ ग्रहण समारोहमा मामदानीले कामदार वर्गका लागि शहरलाई सस्तो बनाउने आफ्ना चुनावी प्रतिज्ञाहरू दोहो¥याए । यसमा घरभाडा स्थिर गर्ने, धनीहरूलाई बढी कर लगाउने, निःशुल्क बस र बाल हेरचाह सेवा उपलब्ध गराउने, र शहरद्वारा सञ्चालित किराना पसलहरूको परीक्षण शुरु गर्ने योजनाहरू समावेश छन् । ३४ वर्षीय मेयरले सुरक्षा, किफायती र प्रचुरताको एजेन्डा पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

युगान्डामा जन्मेका मामदानीले गत वर्ष नोभेम्बरमा पूर्व गभर्नर एन्ड्रयू कुओमोलाई पराजित गर्दै यो ऐतिहासिक सफलता हासिल गरेका हुन् ।


प्रकाशित मिति: १९ पुष २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?