Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

दक्षिण यमनमा साउदी हवाई आक्रमणः ६ जनाको मृत्यु


दक्षिण यमनमा साउदी हवाई आक्रमणः ६ जनाको मृत्यु

एजेन्सी । यमनको दक्षिणी प्रान्त अल–धालियामा बुधवार भएको साउदी नेतृत्वको हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको छ ।

दक्षिणी संक्रमणकालीन परिषद् (एसटीसी) का नेता आयदारस अल–जुबैदीको गृहनगरलाई लक्षित गरी सो आक्रमण गरिएको हो । अल–धालियाको स्वास्थ्य विभागका एक अधिकारीकाअनुसार जुबैर क्षेत्रको एउटा आवासीय घरमा भएको हवाई आक्रमणमा ६ सर्वसाधारणको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् । घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ । एसटीसीले दक्षिण यमनका जनताका मुद्दाहरू समाधानका लागि गम्भीर संवाद नै उत्तम उपाय भएको र आफूहरू राजनीतिक पहलहरूमा जिम्मेवारीपूर्वक संलग्न रहेको स्पष्ट पारेको छ ।

यसैबीच, एसटीसीका महासचिव अब्दुल रहमान जलाल साहेर अल–सुबैहीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल साउदी राजधानी रियाद पुगेको छ । तर एसटीसी नेता अल–जुबैदी भने रियादमा हुने भनिएको वार्तामा सहभागी हुन जहाज नचढी अज्ञात स्थानतर्फ लागेको बताइएको छ । साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ता तुर्की अल–माल्कीले अल–जुबैदीलाई यमनको राष्ट्रपतीय नेतृत्व परिषद् (पीएलसी) का अध्यक्ष रशाद अल–अलिमीसँग वार्ताका लागि रियाद बोलाइएको जानकारी दिनुभयो। अर्कोतर्फ, पीएलसी अध्यक्ष अल–अलिमीले अल–जुबैदीमाथि राज्यद्रोहको अभियोग लगाउँदै परिषद्को सदस्यता खारेज गरिदिएका छन् । उनलाई दक्षिण यमनका सर्वसाधारण विरुद्ध गम्भीर उल्लंघन गरेको र दक्षिणी मुद्दालाई दुरुपयोग गरेको आरोप लगाइएको छ ।

सन् २०१७ मा गठित एसटीसीले दक्षिण यमनको आत्मनिर्णय र स्वतन्त्रताको माग गर्दै आएको छ । पछिल्लो समय साउदी समर्थित सेना र एसटीसीबीच तेल समृद्ध हद्रामौत र अल–माहराह प्रान्तको नियन्त्रणलाई लिएर विवाद चुलिएको छ ।


प्रकाशित मिति: २४ पुष २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?