Trending
>>   लुम्बिनी लायन्स शिर्षमा >>   नेपालमा क्रिकेटको प्रतिभा देखेर प्रभावित छु, आगामी वर्ष पनि एनपीएल खेल्न आउँछुः आन्द्रे रसेल >>   ‘पत्रकारमाथिको धरपकडमा सरकारको अनुमति थिएन,प्रहरीले पक्राउ गरेको हो’ >>   देशमा जनतालाई चिमोट्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति बढ्योः प्रचण्ड >>   अदालतमा हुने मेलमिलापको दर न्युन छः कानून सचिव ढुङ्गाना >>   एमालेका असन्तुष्ट नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन माधव नेपालको आह्वान >>   संसद बैठक तत्काल बोलाउन सभामुखसँग काँग्रेस र एमालेको माग >>   न्यायधीशमाथीको महाभियोगबारे सत्तारुढ दलले विपक्षी दलसंग संवाद गर्नुपर्छः आङ्देम्बे >>   रास्वपा नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गरेनः प्रकाशशरण महत >>   फौजदारी कानून आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैनः सोविता गौतम
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

लुम्बिनी लायन्स शिर्षमा


काठमाडौँ ।उत्कृष्ट बलिङ प्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरमा मंगलवार भएको दोस्रो खेलमा उत्कृष्ट बलिङप्रेरित लुम्बिनीले पोखरा एभेन्जर्समाथि आठ विकेटको फराकिलो जितसँगै एनपिएलको शिर्ष स्थानमा उक्लिएको छ । यससँगै लुम्बिनी जारी एनपिएलमा लगातार तीन खेलसम्म अपराजित एक मात्र टोली बन्यो । यसअघि लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराएको थियो । दोस्रो खेल चितवन राइनोजसँग अंक बाँडेको थियो । पोखराको भने लगातार तेस्रो हार हो । जारी एनपिएलमा जितविहीन एक मात्र टोली पनि पोखरा नै रह्यो । डिफेन्डिङ च्याम्यिन लुम्बिनीले प्लेअफको दाबेदारी दिएको छ । लुम्बिनीको जितमा बलरले उत्कृष्ट प्रदर्शन गरे । त्रिवि क्रिकेट मैदानमा पोखराले ९८ रनको झिनो लक्ष्य दियो ।

लुम्बिनीले ११.४ ओभरमा मात्र दुई विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । लुम्बिनीका कप्तान रोहित पौडेल ४७ रनमा अविजित रहे । उनले ३२ बलमा समान तीन चौका र तीन छक्का हिर्काए । उनले तेस्रो विकेटका लागि निरोसान डिकवेलासँग ७७ रनको अविजित साझेदारी गरे । डिकवेला २७ रनमा अविजित रहे । उनले दुई चौका र एक छक्का हिर्काए । लुम्बिनीको पनि सुरुआत खराब रह्यो । दोस्रो ओभरमै ओपनर आसिफ शेख ७ रनमै रनआउट हुन पुगे । ओपनर डार्सी सटसँग तालमेल नमिल्दा उनी रनआउट भए । यसै ओभरमा डार्सी पनि १३ रनमा पभेलियन फर्किए । विपिन खत्रीको बलमा उनी आकाश चन्दबाट क्याच भए ।

डार्सीले ६ बलमा समान एक चौका र छक्का हिर्काउँदै राम्रो शुरुवात दिलाएका दिए । यो विकेटसँगै लुम्बिनी सँम्हलिएर खेल्ने रणनीति लियो । पावरप्लेमा लुम्बिनी ४३ रन जोड्दा दुई विकेट मात्र गुमायो । कप्तान रोहित र डिकवालाको साझेदारीले लुम्बिनीले ५० बल अगावै जित सुरक्षित ग¥यो । पोखराको बलिङमा विपिन खत्रीबाहेक अन्य बलर विकेटविहीन भए । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले बिर्सनलायक शुरुवात ग¥यो । ३३÷५ को खराब स्थितिबाट पोखराले सय रनको इनिङ पनि बनाउन सकेन । पूरै ओभरमा ९ विकेटको क्षतिमा पोखराले ९७ रनको झिनो योगफल बनायो । लुम्बिनीका बलरसामू पोखराका कुनै पनि ब्याटर लामो समय क्रिजमा रहन सकेनन् ।

नवौं नम्बरका चमिका करुनारत्नेले २५ रन जोडे । यो नै सर्वाधिक ठुलो व्यक्तिगत सर्वाधिक रन रह्यो । बंगलादेशी अलराउन्डर सकिब अल हसन, श्रीलंकन ब्याटर सदिरा समराविक्रमा, महेदी हसन र कप्तान कुशल भुर्तेललगायत अनुभवी ब्याटर पनि चल्नै सकेनन् । इनिङको दोस्रो बलमै विकेट गुमाएको पोखरा समालिन नै सकेन । ओपनर अर्जुन कुमाल खाता नखोल्दै पभेलियन फर्किए । उनले यस सिजन पहिलोपल्ट अवसर पाएका थिए । तर अर्जुनले सदुपयोग गर्न सकेनन् । नामिबियाका तिब्र गतिका बलर रुबेन ट्रम्पलमेनले शुरुदेखि पोखराको इनिङ धराशयी बनाए । उनले अर्जुनलाई बोल्ड गर्दै शुरुवात गरे ।

तेस्रो ओभरमा पोखराले अप्रत्यासित रूपमा दोस्रो विकेट गुमायो । यो विकेट पनि ट्रम्पमेनले नै लिएका हुन् । अभिशेष गौतमले दौडिएर बाउन्ड्री लाइनमा जम्प गर्दै एक हातले क्याच गरेपछि पोखरा संकटमा प¥यो । ट्रम्पलमेनले समाराविक्रममा ७ रनमै पभेलियन फर्काएका हुन् । पोखराले युवा ब्याटर विपिन आचार्यलाई माथिल्लो क्रममा पठाउने निर्णय ग¥यो । यो निर्णय पनि सही साबित भएन । ३.५ ओभरमा विपिन १ रनमै आउट भए । विपिन स्पिनर शेर मल्लबाट कट एन्ड बोल्ड भए । यससँगै पोखरा १५÷३ को नाजुक अवस्थामा पुग्यो । दबाबमा परेको पोखराले पावरप्लेमा २३ रन मात्र जोड्न सक्यो ।

लगत्तै सातौं ओभरमा कप्तान कुशल भुर्तेल १४ रनमा नै पभेलियन फर्किए । स्पिनर तिलक भण्डारीले उनलाई ट्रम्पलमेनबाट क्याच गराए । खातामा थप तीन रन जोड्दा पोखराले पाँचौं विकेट पनि गुमाउन पुग्यो । आशा गरिएका बंगलादेशी अलराउन्डर सकिब अल हसन ३ रनमा खराब सट खेलेर आउट भए । लुम्बिनीका कप्तान रोहित पौडेलको बलिङमा ठूलो सट खेल्ने चक्करमा उनी आसिफ शेखबाट क्याच भए । १४.३ ओभरमा पोखराले ५० रन जोड्न पाँच विकेट गुमायो । खातामा थप दुई रन जोड्दा पोखराले थप दुई विकेट गुमाउन पुग्यो । १५औं ओभरमा अर्जुन घर्ति ६ र १६औं ओभरमा मेहदी हसन १३ रनमै आउट भए । अर्जुन ट्रम्पलमेनको एलबिडब्लु शिकार भए । स्पिनर तिलकको बलमा ठुलो सट खेल्ने प्रयासमा मेहदी क्याच भए । त्यसपछि आएका किरण ठगुन्ना ६ बलमा १२ रन जोडेर पभेलियन फर्किए । उनको इनिङमा समान एक चौका र छक्का थियो ।

१६।६ ओभरमा पोखरा ७०÷८ को नाजुक अवस्थामा पुग्यो । तर नवौं विकेटका लागि चमिकाले विपिन खत्रीसँग २१ रनको साझेदारी गर्दै सय रनको आँकडा छुने संकेत गरे । यो नै पोखराको सर्वाधिक ठुलो साझेदारी रह्यो । १९।२ ओभरमा चमिका रनआउट हुन पुगे । लुम्बिनीका विकेटकिपर निरोसन डिकवेलाबाट रनआउट भए । चमिकाले १७ बलमा दुई छक्का हिर्काए । लुम्बिनीले सात बलर प्रयोग ग¥यो र सबै किफायती पनि रहे । लुम्बिनीका ६ बलर विकेट लिन सफल भए । टम्पलमेनले चार ओभरमा तीन विकेट लिँदा १६ रन मात्र दिए । तिलकले दुई विकेट तथा शेर मल्ल, कप्तान रोहित र अभिशेषले समान एक विकेट लिए । बुधवार एनपिएलमा विश्राम हुनेछ ।


प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?