Trending
>>   लुम्बिनी लायन्स शिर्षमा >>   नेपालमा क्रिकेटको प्रतिभा देखेर प्रभावित छु, आगामी वर्ष पनि एनपीएल खेल्न आउँछुः आन्द्रे रसेल >>   ‘पत्रकारमाथिको धरपकडमा सरकारको अनुमति थिएन,प्रहरीले पक्राउ गरेको हो’ >>   देशमा जनतालाई चिमोट्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति बढ्योः प्रचण्ड >>   अदालतमा हुने मेलमिलापको दर न्युन छः कानून सचिव ढुङ्गाना >>   एमालेका असन्तुष्ट नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन माधव नेपालको आह्वान >>   संसद बैठक तत्काल बोलाउन सभामुखसँग काँग्रेस र एमालेको माग >>   न्यायधीशमाथीको महाभियोगबारे सत्तारुढ दलले विपक्षी दलसंग संवाद गर्नुपर्छः आङ्देम्बे >>   रास्वपा नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गरेनः प्रकाशशरण महत >>   फौजदारी कानून आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैनः सोविता गौतम
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

‘पत्रकारमाथिको धरपकडमा सरकारको अनुमति थिएन,प्रहरीले पक्राउ गरेको हो’


काठमाडौँ । सरकारले पत्रकारहरुमाथि भएको धरपकडमा सरकारको कुनै संलग्नता नभएको स्पष्ट पारेको छ ।

मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो प्रष्टिकरण दिएका हुन् । उनले भ्रामिक र संवेदनशील सूचनाहरु चुहावट भएको विषयमा बुझ्न प्रहरीले उक्त कार्य गरेको सरकारको बुझाइ रहेको बताएका छन् । उनले पत्रकारहरुमाथि धरपकड गर्न प्रहरीले सरकारसँग कुनै अनुमति नलिएको र सरकारले कुनैपनि प्रकारको निर्देशन समेत नदिएको स्पष्ट पारेका छन् । उनले पत्रकारहरु पक्राउ परेको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री बालेन्द्र साहले सबै पत्रकारहरुलाई तुरुन्त रिहा गर्न निर्देशन दिएको समेत प्रवक्ता पोखरेलले बताएका छन् ।

उनले भने, ‘पत्रकारहरु पक्राउको विषयमा सरकारको बुझाइ के छ भने प्रहरीका कतिपय आन्तरिक सूचनाहरु चुहावट भएको, उदाहरणको लागि प्रधानमन्त्रीले आईजीपीको राजीनामा माग्यो वा सरकारले कारबाही गर्न लागेको भनी हुँदै नभएको भ्रामिक सूचनाहरु कहाँबाट आयो ? तथ्यसमेत जाँच नगरी कसरी भयो भनेर प्रहरीले बुझ्नको लागि, सल्लाह गर्नको लागि भएको प्रहरीको आन्तरिक कुरा मात्र हो । त्यसमा सरकारसँग पूर्ण अनुमति लिएर गरेको होइन । त्यसबारेमा सरकारलाई र प्रधानमन्त्रीज्यूलाई केही पनि जानकारी थिएन । केही संवेदनशील सूचना चुहावट भएको कारण सोधपुछको लागि प्रहरीले आफ्नो आन्तरिक काम गरेको हो । त्यसमा थप केही काम कारबाही गर्नुपरे गृहमन्त्रालयमार्फत हुन्छ । जानकारी आउने बित्तिकै प्रधानमन्त्रीज्यूले कोही पनि पत्रकारलाई नियन्त्रणमा नलिनु र नियन्त्रणमा हुनुहुन्छ भने तुरुन्त रिहा गर्नु भनेर निर्देशन दिनुभएको थियो ।’

उनले उक्त घटनाबारे थप कारबाही प्रक्रिया आवश्यकताअनुसार गृह मन्त्रालयमार्फत अघि बढाइने समेत बताएका छन् ।


प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?