Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना


जर्मनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनी (२०२५-२०२७) को पदस्थापना तथा कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। आईतवार (२५ जनवरी) मा बर्लिनमा एक कार्यक्रमकाबीच लोकमणि ढकाल नेतृत्वको कार्यसमितिले कार्यभार सम्हालेको हो ।

नेपाली राजदुतावास जर्मनीका कार्यवहाक  राजदुत सागर फुयालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । एनआरएनए जर्मनीको ४ साउन (२० जुलाई २०२५ )मा बर्लिनमा सम्पन्न १२औँ अधिवेशनसँगै र  २५ साउन (१० अगस्ट २०२५ ) मा अध्यक्ष र महासचिवको लागि निर्वाचन गरिएको थियो।

यी दुई बाहेकका कार्यसमितिका पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका थिए । नयाँ कार्यसमितिका लागि दिलबहादुर गुरुङको संयोजकत्वमा निर्वाचन समिति रहेको थियो।


प्रकाशित मिति: १३ माघ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?