Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना


जर्मनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनी (२०२५-२०२७) को पदस्थापना तथा कार्यभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। आईतवार (२५ जनवरी) मा बर्लिनमा एक कार्यक्रमकाबीच लोकमणि ढकाल नेतृत्वको कार्यसमितिले कार्यभार सम्हालेको हो ।

नेपाली राजदुतावास जर्मनीका कार्यवहाक  राजदुत सागर फुयालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । एनआरएनए जर्मनीको ४ साउन (२० जुलाई २०२५ )मा बर्लिनमा सम्पन्न १२औँ अधिवेशनसँगै र  २५ साउन (१० अगस्ट २०२५ ) मा अध्यक्ष र महासचिवको लागि निर्वाचन गरिएको थियो।

यी दुई बाहेकका कार्यसमितिका पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका थिए । नयाँ कार्यसमितिका लागि दिलबहादुर गुरुङको संयोजकत्वमा निर्वाचन समिति रहेको थियो।


प्रकाशित मिति: १३ माघ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?