Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

सिरियाली सेनाद्वारा अलेप्पोका दुई क्षेत्र बन्द सैन्य क्षेत्र घोषणा गर्दै कर्फ्यु लागू


सिरियाली सेनाद्वारा अलेप्पोका दुई क्षेत्र बन्द सैन्य क्षेत्र घोषणा गर्दै कर्फ्यु लागू

एजेन्सी । सिरियाली सेनाले उत्तरी श्हर अलेप्पोका शेख मकसुद र अशरफिया छिमेकहरूलाई बन्द सैन्य क्षेत्र घोषणा गरेको छ । त्यहाँ पूर्ण कफ्र्यु लागू गरेको छ ।

सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) सँगको लडाइँ चर्किएपछि एक आधिकारिक विज्ञप्ति मार्फत यो निर्णय सार्वजनिक गरिएको हो । सिरियाली अरब सेनाको अपरेशन कमाण्डले ती दुई क्षेत्रमा रहेका सबै एसडीएफ स्थानहरूलाई वैध सैन्य निशाना मानिने बताएको छ । सेनाले यसलाई ठूलो तनाव र बारम्बार हुने आक्रमणहरूको परिणाम भनेको छ । जसका कारण सर्वसाधारणको ज्यान गएको दाबी गरिएको छ ।

सेनाले स्थानीय बासिन्दाहरूलाई आफ्नो सुरक्षाका लागि एसडीएफका ठेगानाहरूबाट टाढा रहन आग्रह गरेको छ । सेनाले नागरिकहरूको रक्षा गर्न र सैन्य अपरेसनलाई सहज बनाउन यस्तो कदम चालिएको बताएको छ । प्रभावित क्षेत्रबाट बाहिर निस्कन चाहने नागरिकहरूका लागि सेनाले दुईवटा मानवीय कोरिडोरहरू खोलेको घोषणा गरेको थियो । अलेप्पोमा पछिल्ला केही दिनदेखि ड्रोन आक्रमण, गोलाबारी र सरकारी बल तथा एसडीएफ संवद्ध एकाइहरूबीच गोली हानाहान भइरहेको छ । राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार यी झडपहरूमा सर्वसाधारण र सुरक्षाकर्मीहरूको मृत्यु र घाइते भएका छन् ।

सिरियाली अधिकारीहरूले एसडीएफलाई आवासीय क्षेत्र र सुरक्षा पोष्टहरूलाई निशाना बनाएको आरोप लगाएका छन् भने एसडीएफले ती आरोपहरू अस्वीकार गर्दै सरकारी पक्षबाट अन्धाधुन्ध गोलाबारी भएको दाबी गरेको छ । यो लडाइँले अलेप्पोमा पहिलेदेखि नै कमजोर रहेको सुरक्षा व्यवस्थालाई थप तनावपूर्ण बनाएको छ ।

सिरियाली सरकार र एसडीएफ बीच मार्च २०२५ मा हुने भनिएको राजनीतिक सम्झौताका लागि भइरहेको वार्ता रोकिएको बेला यी झडपहरू भएका हुन् ।


प्रकाशित मिति: २४ पुष २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?