Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति


प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन निर्वाचन आयोगले यसपटक स्वदेशी सामग्री प्रयोगलाई प्राथमिकता दिएको छ।

आयोगका अनुसार निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकार प्रदेश र जिल्लाबाटै खरिद गरिँदैछ। केन्द्रबाट आवश्यक १४ प्रकारका सामग्री मात्र खरिद हुनेछन्, जसको अधिकांश जिम्मेवारी जिटुजी अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई दिइएको छ।

प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनका लागि ६ करोड ७५ लाख रुपैयाँ बराबरको मात्र नयाँ सामग्री किनिएको छ भने बाँकी पुराना स्टक सामग्री पुनः प्रयोग गरिँदैछ।

आयोगले जनाएको छ, फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध र चुनाव चिह्न वितरणको प्रक्रियासमेत सम्पन्न भइसकेको छ।


प्रकाशित मिति: १५ माघ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?