Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति


समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन निर्वाचन आयोगले यसपटक स्वदेशी सामग्री प्रयोगलाई प्राथमिकता दिएको छ।

आयोगका अनुसार निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्रीमध्ये ३७ प्रकार प्रदेश र जिल्लाबाटै खरिद गरिँदैछ। केन्द्रबाट आवश्यक १४ प्रकारका सामग्री मात्र खरिद हुनेछन्, जसको अधिकांश जिम्मेवारी जिटुजी अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीलाई दिइएको छ।

प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनका लागि ६ करोड ७५ लाख रुपैयाँ बराबरको मात्र नयाँ सामग्री किनिएको छ भने बाँकी पुराना स्टक सामग्री पुनः प्रयोग गरिँदैछ।

आयोगले जनाएको छ, फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध र चुनाव चिह्न वितरणको प्रक्रियासमेत सम्पन्न भइसकेको छ।


प्रकाशित मिति: १५ माघ २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?