Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो


नेपाली कांग्रेसको वेबसाइटबाट देउवा कार्यसमिति हटाइयो

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिक वेबसाइटबाट शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइएको छ। विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले पदबहाली गरेपछि पुरानो सूची हटाइएको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ।

यद्यपि, वेबसाइटमा थापा नेतृत्वको नयाँ कार्यसमितिको विवरण अझै अपलोड गरिएको छैन। पदाधिकारीहरूको फोटो, नाम र सामाजिक सञ्जाल लिंकसहित सामग्री तयार गर्ने काम भइरहेको जनाइएको छ। पदाधिकारीहरू भने सर्वोच्च अदालतको फैसलापछि मात्रै पूर्णरूपमा काम गर्ने मानसिकतामा रहेको बताउँछन्। हाल निर्वाचनसम्बन्धी काम मात्र अघि बढाइएको छ।

गत पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनलाई पुरानो संस्थापन समूहले अस्वीकार गरे पनि निर्वाचन आयोगले गगन थापा–विश्वप्रकाश शर्मा नेतृत्वको महाधिवेशनलाई मान्यता दिएको छ। त्यसविरुद्ध दायर रिटमा सर्वोच्चले आयोगसँग १५ दिनभित्र लिखित कारण पेश गर्न निर्देशन दिएको छ।


प्रकाशित मिति: १३ माघ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?