Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते


Massive fire at Swiss bar: 40 dead, 119 injured

एजेन्सी। दक्षिण–पश्चिमी स्विट्जरल्याण्डको एक बारमा भीषण आगलागी हुँदा ४० जनाको मृत्यु भएको भएको छ । क्रान्स–मोन्टाना रिसोर्टमा घटेको यस घटनामा ११९ जना घाइते भएका छन् र उद्धारका लागि ठूलो संख्यामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । घाइतेमध्ये ११३ जनाको पहिचान खुलेको छ ।

वालेस क्यान्टनको क्रान्स–मोन्टाना स्की रिसोर्टमा रहेको ले कन्स्टेलेसन बारमा राति शुरु भएको आगलागीमा केही युरोपेली देशहरूले अझै पनि आफ्ना नागरिक हराइरहेको बताएका छन् । स्विस अधिकारीहरूले आगामी दिनमा मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् । बिहीवार स्थानीय समयअनुसार बिहान करिव १ः३० बजे आगलागी शुरु भएको केही मिनेटमै बारमा खतराको सूचना जारी गरिएको थियो ।

स्थानीय प्रहरीकाअनुसार घटनास्थलमा कुल ४१ वटा एम्बुलेन्स, १३ वटा हेलिकप्टर र १५० भन्दा बढी स्वास्थ्यकर्मीहरू परिचालन गरिएको थियो । स्विस महासंघका राष्ट्रपति गाय पारमेलिनले यो आगलागी देशको इतिहासकै सबैभन्दा खराब त्रासदीमध्ये एक भएको बताउनु भयो । ले कन्स्टेलेसन बार लक्जरी रिसोर्टका अन्य ठाउँहरूको तुलनामा सस्तो भएकाले आगलागीमा मृत्यु हुने र घाइते हुनेमा अधिकांश युवाहरू रहेका छन् । घाइतेहरूलाई शुरुमा वालेस क्यान्टनको राजधानी सियोनका साथै लाउजेन, जुरिच र जेनेभाका अस्पतालहरूमा भर्ना गरिएको थियो । पछि केहीलाई विदेशका अस्पतालमा पठाइएको थियो ।

स्विस मिडियाकाअनुसार फ्रान्सको स्ट्रासबर्गमा रहेको काउन्सिल अफ युरोपले ऐक्यवद्धता प्रकट गर्दै स्विस झण्डा आधा झुकाएको छ ।


प्रकाशित मिति: १९ पुष २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?