Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण


काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान काठमाडौं–तराई द्रुतमार्गको स्थलगत निरीक्षण गरेकी छन्।

नेपाली सेनाका अधिकारी र उच्च कर्मचारीसहित उनले आयोजनाको प्रगति अवलोकन गर्दै निर्माण कार्य तीव्र गतिमा अघि बढाउन निर्देशन दिएकी हुन्। उनले आवश्यक सहयोग सरकारबाट हुने आश्वासनसमेत दिइन्।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिब ७१ किलोमिटर लामो द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ। काठमाडौंलाई बाराको निजगढसँग जोड्ने यो मार्ग रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

आयोजना २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहे पनि नीतिगत जटिलता, भौगोलिक चुनौती र जग्गा अधिग्रहणका कारण प्रभावित हुँदै आएको छ। २०८२ असार मसान्तसम्म भौतिक प्रगति ४२.१३ प्रतिशत पुगेको जनाइएको छ।


प्रकाशित मिति: १३ माघ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?