Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने


टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने

एजेन्सी । टर्कीको ऊर्जा सुरक्षाको क्षेत्रमा सन् २०२५ एक ऐतिहासिक वर्ष सावित भएको छ ।

ऊर्जा मन्त्री अल्पार्सलान बायरक्तारकाअनुसार देशले तेल उत्पादनमा २६ प्रतिशत र प्राकृतिक ग्यास उत्पादनमा ३९ प्रतिशतको विशाल फड्को मारेको छ । यो वृद्धिले टर्कीको वार्षिक अर्बौं डलरको आयात भारलाई उल्लेख्य रूपमा कम गर्ने देखिएको छ । सन् २०२५ मा टर्कीको ऊर्जा क्षेत्रले एक ऐतिहासिक फड्को मारेको ऊर्जा मन्त्री अल्पार्सलान बायरक्तारले बताउनु भयो । पछिल्लो प्रतिवेदन अनुसार टर्कीको तेल उत्पादनमा २६ प्रतिशत र प्राकृतिक ग्यास उत्पादनमा ३९ प्रतिशतको वृद्धि भएको छ ।

कुल ४७.९ मिलियन ब्यारेल तेल र ३.२ बिलियन क्यूबिक मिटर प्राकृतिक ग्यास उत्पादनले देशको ऊर्जा सुरक्षामा नयाँ आयाम थपेको छ । विशेष गरी २१ अप्रिल २०२५ मा दैनिक १०.२ मिलियन क्यूबिक मिटर ग्यास उत्पादनको कीर्तिमानी रेकर्डले टर्कीलाई ऊर्जा आत्मनिर्भरतातर्फ द्रुत गतिमा अघि बढाएको पुष्टि गर्दछ ।


प्रकाशित मिति: २४ पुष २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?