Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा


स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा

एजेन्सी । स्पेनको दक्षिणी क्षेत्रमा भएको एउटा भीषण रेल दुर्घटनामा कम्तीमा ४० जनाको ज्यान गएपछि प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।

आईतवार साँझ मालागाबाट म्याड्रिडका लागि छुटेको ३१७ यात्रु सवार रेल कोर्डोवा शहरभन्दा २० किलोमिटर उत्तरमा पर्ने अदामज नजिकै लिकबाट बाहिरिएको थियो । अधिकारीहरूकाअनुसार दुर्घटनामा ४८ जना घाइते भएका छन् । जसमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री सान्चेजले आफ्नो निर्धारित कार्यक्रम रद्ध गरी घटनास्थलको निरीक्षण गर्नुभएको छ । यस दुःखद् घटनाको निष्पक्ष एवं पारदर्शी छानबिन गर्ने आश्वासन दिनुभएको छ ।

अन्डालुसिया क्षेत्रीय सरकारका प्रमुख जुआन्मा मोरेनोका अनुसार रेल लिकबाट बाहिरिँदा भएको ठक्कर यति शक्तिशाली थियो कि केही यात्रुहरू उछिट्टिएर रेलबाट सयौँ मिटर टाढा फेला परेका थिए । भर्खरै नयाँ ट्रयाक बिछ्याइएको सीधा खण्डमा भएको यस दुर्घटनामा चालकको त्रुटी हुने सम्भावनालाई अधिकारीहरूले लगभग अस्वीकार गर्दै पूर्वाधार वा रेलको प्राविधिक गडबडीबारे अनुसन्धान शुरु गरेका छन् ।


प्रकाशित मिति: ६ माघ २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?