Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२२ पुष २०८२, मंगलवार
२२ पुष २०८२, मंगलवार

भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध


भेनेजुएलामा अमेरिकी आक्रमणले क्षेत्रीय र विश्वव्यापी रूपमा चिन्ता बढायो

एजेन्सी । अमेरिकाले शनिवार एक अभियान शुरु गरी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई काराकासमा नियन्त्रणमा लिएपछिअमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध भएको हो  ।

भेनेजुएलामा भएको पछिल्लो अमेरिकी आक्रमणले विश्वव्यापी निन्दा र चिन्ता पैदा गरेको छ । धेरै देशका मानिसहरूले यस कदमको विरोध र निन्दा गर्न सडकमा उत्रिएका छन् । अहिले ल्याटिन अमेरिकामा अमेरिकी वर्चश्व पूरा गर्ने योजना खुल्दैछ । यद्यपि उनीहरूले लागुऔषध ओसारपसार विरुद्ध लड्ने लक्ष्य राखेको दाबी गरे पनि उनीहरूको मनसाय स्पष्ट छ । राष्ट्रपति ट्रम्प आफैंले भनेका छन्ः उनीहरू भेनेजुएलाको खनिज सम्पत्ति दोहन गर्न चाहन्छन् । अमेरिका र भेनेजुएला बीचको सम्बन्ध ह्युगो चाभेजको पालादेखि नै तनावपूर्ण रहँदै आएको छ ।

अमेरिकाले भेनेजुएलाको समाजवादी सरकारलाई अधिनायकवादी भन्दै कडा आर्थिक प्रतिबन्धहरू लगाउँदै आएको छ भने भेनेजुएलाले अमेरिकालाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको र शासन परिवर्तनको प्रयास गरेको आरोप लगाउँदै आएको छ । विशेष गरी तेल र खनिज स्रोतहरूमाथिको नियन्त्रणको विषय यो द्वन्द्वको मुख्य कारण मानिन्छ ।


प्रकाशित मिति: २१ पुष २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?