काठमाडौं । काठमाडौँको मुलपानी क्षेत्रमा सक्रिय लुटपाट गिरोहविरुद्ध प्रहरीले कडा कारबाही गरेको छ। गएराति विशेष अपरेशनका क्रममा गोली चलाउँदै १० जना लुटेरालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
रातिको समयमा सर्वसाधारणलाई पछ्याएर गहना र नगद लुट्ने घटनाहरू बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित भएको हो। एसएसपी रमेश थापाका अनुसार पक्राउका क्रममा गोली चलाउनु पर्ने अवस्था सिर्जना भएको थियो।
प्रहरीले पीडितलाई सम्पर्कमा आउन आग्रह गर्दै घटनाबारे विस्तृत विवरण पछि सार्वजनिक गरिने जनाएको छ।
प्रकाशित मिति: १५ माघ २०८२, बिहीबार