Trending
>>   तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल >>   सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे >>   ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाइयो प्रहरीलाई: आईजीपी कार्की >>   सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा >>   चीनद्वारा अन्तरिक्ष प्रयोगात्मक अन्तरिक्षयान अन्तरिक्षमा प्रक्षेपण >>   इराक र संयुक्त राष्ट्र संघबीच युएनएएमआई मिसनको अन्त्य >>   कर वक्यौता चुलिँदैः ९४ अर्ब ९५ करोड रुपैयाँ कर उठेन >>   एमालेको ११ औँ महाधिवेशनः भृकुटीमण्डपमा बन्दसत्र, प्रतिनिधिहरूको चहलपहल >>   गभर्नर पौडेललाई बर्खास्त गर्न जेन–जी युनाईटेडको माग >>   १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

विश्व


चीनद्वारा अन्तरिक्ष प्रयोगात्मक अन्तरिक्षयान अन्तरिक्षमा प्रक्षेपण

एजेन्सी । चीनको कुआइझोउ–११ वाई ८ रकेटले अन्तरिक्ष प्रयोगात्मक अन्तरिक्षयान अन्तरिक्षमा प्रक्षेपण गरेको छ । चीनले शनिवार एउटा अन्तरिक्ष प्रयोगात्मक अन्तरिक्षयानसहित कुआइझोउ–११ वाई ८ वाहक रकेट प्रक्षेपण गेको हो । रकेट उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ९ः०८ बजे (बेइजिङ समय) प्रक्षेपण गरिएको थियो । यसले पेलोडहरूलाई योजनावद्ध कक्षामा

इराक र संयुक्त राष्ट्र संघबीच युएनएएमआई मिसनको अन्त्य

एजेन्सी । इराक र संयुक्त राष्ट्र संघले आधिकारिक रूपमा इराकका लागि संयुक्त राष्ट्र सहायता मिसन ( युएनएएमआई) को जनादेशको अन्त्य भएको बताएका छन् । जसले संकट–व्यवस्थापनबाट विकास र दिगो साझेदारीमा केन्द्रित नयाँ अध्यायमा परिवर्तनको संकेत गर्दछ । इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानी र भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो

सुडानस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा ड्रोन आक्रमणः ६ शान्ति सैनिकको मृत्यु

एजेन्सी। सुडानी अधिकारीहरूकाअनुसार शनिवार सुडानको दक्षिण कोर्डोफान राज्यको राजधानी कादुग्लीमा रहेको संयुक्त राष्ट्र संघको सुविधा केन्द्रमा ड्रोन आक्रमण हुँदा ६ संयुक्त राष्ट्र संघका शान्ति सैनिकको मृत्यु भएको छ । सात जना घाइते भएको बताएका छन् । सुडानी सशस्त्र बलले अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सलाई आक्रमण गरेको आरोप लगाएको छ । जुन

थाइल्याण्डसँगको द्वन्द्वसँगै ३ लाख कम्बोडियालीले बासस्थान छोडे

एजेन्सी। थाइल्याण्डसँगको सीमा द्वन्द्वबाट कम्बोडियाली विस्थापितहरूको संख्या बढेर ३ लाख भन्दा बढी पुगेको छ । कम्बोडियाली गृह मन्त्रालयले एक प्रेस विज्ञप्तिमा शुक्रवार दिउँसोसम्म थाइल्याण्डसँगको जारी सीमा द्वन्द्वबाट कम्बोडियाली विस्थापितहरूको संख्या ३ लाख पुगेको बताएको हो । ३ लाख भन्दा बढी मानिसहरूसहित लगभग ९० हजार परिवारहरू सुरक्षित आश्रयको लागि थाई सीमा

प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट

एजेन्सी। कुवेत स्पेस रकेट टोलीले प्रक्षेपण गर्ने प्रयास गरेको सानो रकेट जहरा गभर्नरेटमा विष्फोट भएको छ । रकेट प्रज्वलन भएको केही समयपछि विस्फोट भएको बताएको छ । तमोह–३ नाम दिइएको रकेट लगभग ३.२ मिटर लामो थियो । जसको अधिकतम थ्रस्ट लगभग १२ हजार न्यूटन थियो । यो निर्देशांक, गति, उचाइ,

इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या

एजेन्सी। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयकाअनुसार उत्तरी पश्चिम किनारको नाब्लस शहरको दक्षिणमा रहेको ओडाला गाउँमा इजरायली सैनिकहरूले एक प्यालेस्टिनी पुरुषको गोली हानी हत्या गरेको जनाएको छ । एक संक्षिप्त विज्ञप्तिमा मन्त्रालयले ती व्यक्तिलाई ३८ वर्षीय बहा अब्देल रहमान रशेदको रूपमा पहिचान गरेको छ । प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीले एक छुट्टै विज्ञप्तिमा रशेदको

भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो

मुम्बई ।  भारतको पश्चिमी राज्य गोवाको एक नाइटक्लवमा भएको विनाशकारी आगलागीमा चार पर्यटकहरूसहित २५ जनाको मृत्यु भएको छ । अन्य धेरै जना घाइते भएका प्रहरीले जनाएको छ । गोवाको राजधानी पणजीबाट लगभग १६ किलोमिटर उत्तरपश्चिममा रहेको उत्तरी गोवा जिल्लाको अर्पोरा गाउँमा रहेको लोकप्रिय नाइटक्लव, बिर्च बाई रोमियो लेनमा आगलागी भएको

२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु

एजेन्सी। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा शिष्टाचार भेटवार्ता भएको छ । यो २३ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनको मुख्य द्विपक्षीय वार्ता हो । दुई देशबीच रक्षा, ऊर्जा, व्यापार, आणविक ऊर्जा र रणनीतिक प्रविधिमा थप सहकार्य तथा २०३० सम्म १०० अर्ब अमेरिकी डलर द्विपक्षीय व्यापार

चक्रवात डिट्वाको कारण भारतीय राज्यहरू उच्च शतर्कतामा

एजेन्सी। सर्कवाती आँधी डिट्वाले भारी वर्षा ल्याएकोले अधिकारीहरूले भारतको तमिलनाडु, आन्ध्र प्रदेश र पुडुचेरीका तटीय क्षेत्रहरूमा रेड अलर्ट जारी गरेका छन् । चक्रवात डिट्वाले यी भारतीय राज्यहरूमा तटीय क्षेत्रहरूतर्फ निरन्तर अगाडि बढ्दै जाँदा अधिकारीहरूले ठूलो मात्रामा राहत कार्यहरूदेखि उडान रद्ध गर्ने र स्कूल र कलेजहरूको लागि जिल्लाव्यापी बिदा सूचनाहरूसम्म धेरै

पूर्व चीनमा ५ हजार ५ सय ८० मिटर लामो केबलवे प्रयोगमा

एजेन्सी। पूर्वी चीनको जियाङ्सी प्रान्तको नान्चाङ शहरको मेइलिङ रमणीय क्षेत्रमा आईतवारदेखि ५ हजार ५ सय ८० मिटर लामो नयाँ केबलवे सञ्चालनमा आएको छ । पर्यटकहरूले अब नान्चाङको मुटुबाट समुन्द्र सतहबाट ७६० मिटर उचाईमा रहेको शान्त तियानजिङ तालसम्म १७ मिनेटमा यात्रा गर्न सक्छन् । केबलवे केवल सवारी मात्र नभइ यो बहुउद्देश्यीय

सम्वन्धित समाचारहरु