३० चैत्र ,इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क ल्याब सेवा दिन थालेपछि सेवाग्राहीको आवागमनमा वृद्धि भएको छ । जिल्ला अस्पताल र अन्य निजी अस्पतालमा महँगो रहेको ल्याब सेवा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क सेवा दिएकाले सेवाग्राहीको चाप बढेको हो । इनरुवा नगरपालिकासहित आसपासका बिरामी आउने
३० चैत्र, बाजुरा । गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन् । हिमाली गाउँपालिका–३, बौडीका छपल थापाका ६ वर्षीय छोरा निमा छिरिङमा कालाजार देखिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । लगातार तीन महिनादेखि बिरामी भई थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा
३० चैत्र, काठमाडाैँ । देशभर १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा १४८८ जनाको नमुना परीक्षण गरिएकाेमा पिसिआर विधिबाट ६४ तथा एन्टिजेन विधिबाट ४२ जनामा संक्रमण पुष्टि भएको
३० चैत्र, कैलाली । धनगढीमा एक वृद्धको पेटमा भोड्काको सिङ्गो बोतल फेला परेको छ । उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका वृद्धको पेटमा भोड्काको सिङ्गो बोतल भेटिएको हो । अस्पतालले दिएको जानकारी अनुसार उपचार गर्न पुगेका फुलवारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा बोतल देखिएको हो
३० चैत्र, जनकपुर । जनकपुरधामको न्यूरो अस्पतालमा उपचार खर्च तिर्न नसकेर घर फर्किन नसकेर बन्धक बनेकी धनुषाको सबैला नगरपालिका–९ की मन्तोरिया देवी राय ३९ दिनपछि घर फर्केकी छिन् । अस्पतालमै बन्धक बनेकी मन्तोरियालाई सबैला नगरपालिकाकाको पहलमा घर फर्काइएको हो । नगरपालिकाका प्रमुख कारीराम यादवले जिल्ला प्रशासन कार्यालय धनुषासँग समन्वय गरी मन्तोरियालाई
३० चैत्र, काठमाडाैँ । राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र अफिसियलहरूको स्वास्थ्य परीक्षण गरिएको छ । बिहीबार बिहान काठमाडाैँको सिभिल अस्पतालमा क्रिकेट टोलीका सदस्यको स्वास्थ्य परीक्षण गरिएको हो । क्रिकेट टोलीका खेलाडी र अफिसियहरूको स्वास्थ्य परीक्षण अस्पतालले निः शुल्क रूपमा गरेको जानकारी दिइएको छ । नेपाली राष्ट्रिय टोलीले विश्वकप छनाैटमा स्थान
३० चैत्र, हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । उक्त शिविरमा २८ पुरुष र ३५ महिलाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही चैत २८ र २९ गते शिविर सञ्चालन गरिएको हो । शिविरमा मोतियाविन्दु र आँखामा मासु पलाएका बिरामीको शल्यक्रिया गरिएको थियो ।
३० चैत्र, एजेन्सी । कतार युनिभर्सिटीका अनुसन्धाताहरूले हालै हुक्का सेवनले वयस्कहरूमा मुटुरोगको जोखिम बढाउने बताएका छन् । शिशा धुम्रपान वा वाटरपाइप धुम्रपानको थालनी मध्यपूर्वबाट भएको मानिन्छ । यो क्षेत्र भरि हुक्का सेवन गर्नुलाई एक सामाजिक प्रतिष्ठासँग हेर्ने चलन पनि रहेको छ । कतार युनिभर्सिटीको कलेज अफ मेडिसिनमा आधारभूत स्वास्थ्य विज्ञानका सह–प्राध्यापक
३० चैत ,पर्वत । आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच शय्या आकस्मिक कक्ष (आइसीयू) र सातवटा भेन्टिलेटर रहेका छन् । तर भेन्टिलेटर आवश्यक परेका बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउँदैनन् । कोभिड–१९ का सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म
२९ चैत्र, काठमाडाैँ । देशभर १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट १२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा २३७७ जनाको नमुना परीक्षण गरिएकाेमा पिसिआर विधिबाट ५८ तथा एन्टिजेन विधिबाट ६३ जनामा संक्रमण पुष्टि भएको