Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

आयुर्वेद स्वास्थ्य केन्द्रमा निःशुल्क ल्याब सेवा


३० चैत्र ,इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क ल्याब सेवा दिन थालेपछि सेवाग्राहीको आवागमनमा वृद्धि भएको छ ।

जिल्ला अस्पताल र अन्य निजी अस्पतालमा महँगो रहेको ल्याब सेवा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क सेवा दिएकाले सेवाग्राहीको चाप बढेको हो ।

इनरुवा नगरपालिकासहित आसपासका बिरामी आउने र स्वास्थ्य परीक्षणसँगै रगतको विभिन्न जाँच र पिसाबको जाँचसमेत निःशुल्क भएकाले सेवाग्राहीको आवागमनमा वृद्धि भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक सञ्जीवकुमार यादवले जानकारी दिए ।

दैनिक सेवा लिन आउनेलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क परामर्श, औषधिसहित ल्याब सेवा पनि निःशुल्क रहेकाले सेवाग्राहीको आवागमन बढेको केन्द्रका प्रमुख डा यादवले बताए ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?