Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

आयुर्वेद स्वास्थ्य केन्द्रमा निःशुल्क ल्याब सेवा


३० चैत्र ,इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क ल्याब सेवा दिन थालेपछि सेवाग्राहीको आवागमनमा वृद्धि भएको छ ।

जिल्ला अस्पताल र अन्य निजी अस्पतालमा महँगो रहेको ल्याब सेवा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क सेवा दिएकाले सेवाग्राहीको चाप बढेको हो ।

इनरुवा नगरपालिकासहित आसपासका बिरामी आउने र स्वास्थ्य परीक्षणसँगै रगतको विभिन्न जाँच र पिसाबको जाँचसमेत निःशुल्क भएकाले सेवाग्राहीको आवागमनमा वृद्धि भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक सञ्जीवकुमार यादवले जानकारी दिए ।

दैनिक सेवा लिन आउनेलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क परामर्श, औषधिसहित ल्याब सेवा पनि निःशुल्क रहेकाले सेवाग्राहीको आवागमन बढेको केन्द्रका प्रमुख डा यादवले बताए ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?