Trending
>>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित >>   सात जना नेपाली खेलाडीमा जिताउने क्षमता छ: करण केसी >>   काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो >>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

अनशनरत नर्स रानाभाटको समर्थनमा स्वास्थ्यकर्मीद्वारा प्रदर्शन, १५ बुँदे माग सम्बोधन गर्न आग्रह (तस्बिरसहित)


अनशनरत नर्स रानाभाटको समर्थनमा स्वास्थ्यकर्मीद्वारा प्रदर्शन, १५ बुँदे माग सम्बोधन गर्न आग्रह (तस्बिरसहित)

काठमाडौँ। न्युनतम पारिश्रमिकको निर्धारण र श्रम शोषणको अन्त्य लगायतका १५ बुँदे माग राखी साउन १४ गतेदेखि आमरण अनसनमा बसेकी स्टाफ नर्स ज्योति रानाभाटको समर्थनमा स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले प्रदर्शन गरेका छन् ।

नर्स रानाभाटको आन्दोलनप्रति ऐक्यवद्धता जनाउन र उनका जायज मागहरूको शिघ्र सम्बोधनका लागि दबाब दिने उद्देश्यले काठमाडौं उपत्यकाका नर्स तथा स्वास्थ्यकर्मीहरूले वीर अस्पताल परिसरमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीहरूले ‘नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ’, ‘सम्मानजनक सेवा सुविधाको सुनिश्चितता गर’, ‘नर्सिङ ऐन कार्यान्वयन गर’, ‘गुणस्तरीय नर्सिङ शिक्षा कायम गर’ र ‘बिरामी सुरक्षाको प्रत्याभूति गर’ जस्ता मागहरू लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । नर्सहरूको तलब, भत्ता, सेवा सुविधा र वृत्ति विकासका सम्बन्धमा सरकारसँग विगतमा पटक–पटक सम्झौता भएपनि ती कार्यान्वयन नहुँदा देशभरका नर्सहरू अन्यायमा परेको प्रदर्शनकारीहरूको गुनासो छ ।

आमरण अनसनको छैटौँ दिन पुग्दा नर्स रानाभाटको स्वास्थ्य अवस्था निकै कमजोर बनेको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई हाल वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरी उपचार भइरहेको छ । स्वास्थ्यकर्मीहरूले रानाभाटको जीवन रक्षाका लागि सरकारलाई तत्काल सार्थक वार्ता र सहमति गर्न आग्रह गरेका छन् ।


प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?