Trending
>>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे >>   जापानका लागि प्रश्तावित राजदुत थापाले नाम फिर्ता लिए >>   एक–दुई जनामाथि महाभियोग लगाउँदैमा न्यायालयको सुधार हुँदैन : खुश्बु ओली >>   सर्वोच्च अदालतमा प्रश्तावित चार न्यायाधीश विरुद्ध समितिमा ९ वटा उजुरी
Logo
१६ कार्तिक २०८३, सोमबार
१६ कार्तिक २०८३, सोमबार

भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई


भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले गत भदौ १० गते आएको भोटेकोशी बाढीका बारेमा चीन सरकारले तत्काल सूचना नदिएको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले चिनियाँ पक्षले नेपाललाई तत्काल सूचना उपलब्ध गराउन नसकेको बताएका हुन् । उनले यसबारेमा चिनियाँपक्षलाई आफूले ध्यानाकर्षण गराएको पनि समितिलाई जानकारी गराएका छन् । चिनियाँ पक्षले आफैँले पनि जानकारी नपाएको कारण नेपाललाई जानकारी दिन नसकेको जवाफ दिएको उनको भनाई छ । नेपालतर्फ घटना भएकाले पनि चीनलाई समेत बाढीको पूर्वसूचना नभएको हुनसक्ने उनले बताएका छन् ।

चिनियाँ पक्षले पनि आफ्नै नागरिकलाई सुचना दिन नभ्याएको कारण धेरै जनधनको क्षति भएको जानकारी आफूलाई दिएको उनले बताएका छन् । बाढीको प्रकृति र घटनाको तीव्रताका कारण तत्काल सूचना आदानप्रदान हुन नसकेको उनको भनाइ छ । घटना भइसकेपछि त्यसबारे विभिन्न प्रश्न उठाउनु स्वाभाविक भएपनि त्यसबेला पूर्वसूचना दिने पर्याप्त समय नरहेको उनले बताएका छन् ।

उनले भने, ‘मलाई लाग्छ त्यो सूचना उहाँहरूले प्राप्त गरेर उहाँहरूको मान्छेलाई पनि त्यो भन्न भ्याउनुभएको थिएन । चाइनिज साइडबाट हामीलाई भएको कुरा चाहीँ यही हो । उहाँहरुले नी त आफ्ना मान्छे बचाउनुहुन्थ्यो । त्यति सर्टेन हिसावले त्यो इन्सिडेन्ट भएको देखिन्छ, त्यसले गर्दा पूर्वसूचना दिने समय नै भएन । अब भइसकेपछाडि यस्तो भएको भए भन्ने कुरा त बेग्लै हो । तर त्यो सायद त्यति धेरै समय त्यहाँ थिएन होला । त्यसले गर्दाखेरि त्यो तत्कालको पूर्वसूचना आएको होइन । सूचना पाईसकेपछि तलको तटीय क्षेत्रमा हाम्रै प्रहरीहरूले पनि बाढी आउँदैछ भाग्नुस् भनेर चाहीँ माइकिङ गर्दै हिँड्या हो । तर त्यहाँको तटीय क्षेत्रमा बस्ने मान्छेहरूले त्यो पत्याउँदै पत्याउनुभएन । बाढी त सधैँ आएको हो नि भनेर उहाँहरु भाग्नुभएन । त्यसैले ठ्याक्कै त्यो बेला त्यही दिन नै सूचना सेयर चाहिँ भएको होइन, त्यसरी हाम्रो संयन्त्र पनि थिएन । तर मलाई लाग्छ त्यो यदि उनीहरूसँग पहिले नै त्यो जानकारी भएको भए, उनीहरूले कम्तीमा आफ्नो हिस्सा त बचाउन सक्थे नि, त्यो पनि भएन नि त । त्यसबाट स्विप्ट गएर जम्मै एकैचोटि गरेको न हो ।’

उनले बाढीको जानकारी पाएपछि तल्लो तटीय क्षेत्रमा नेपाल प्रहरी परिचालन गरी माइकिङमार्फत स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएपनि कतिपयले अटेर गरेको बताएका छन् । नेपालको इतिहासमै यति ठूलो विनाशकारी प्राकृतिक विपद् विरलै भएको उल्लेख गर्दै उनले स्थानीयले पनि बाढीको भयावहता अनुमान गर्न नसकेको बताएका छन् । बाढी नियमित रूपमा आउने भएकाले यसपटकको बाढी पनि सामान्य हुन सक्ने ठानेर कतिपय स्थानीयले समयमै सुरक्षित स्थानमा जान ध्यान नदिएको उनको भनाइ छ ।


प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?