Trending
>>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे >>   जापानका लागि प्रश्तावित राजदुत थापाले नाम फिर्ता लिए >>   एक–दुई जनामाथि महाभियोग लगाउँदैमा न्यायालयको सुधार हुँदैन : खुश्बु ओली >>   सर्वोच्च अदालतमा प्रश्तावित चार न्यायाधीश विरुद्ध समितिमा ९ वटा उजुरी >>   जलविद्युत् समूह संगै बैंकिङमा पनि आकर्षण, बढ्दो कारोबारले जगायो आशा >>   साझेदारीमा राम्रो हुन सकेन – पोखराका खेलाडी विपिन खत्री
Logo
१६ कार्तिक २०८३, सोमबार
१६ कार्तिक २०८३, सोमबार

एक–दुई जनामाथि महाभियोग लगाउँदैमा न्यायालयको सुधार हुँदैन : खुश्बु ओली


काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको पुनःसंरचना आवश्यक रहेको बताएकी छिन् । सोमवार नेपाली काँग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सर्वोच्चका न्यायाधीश तथा प्रधानन्यायाधीशको समेत नाम जोडर सार्वजनिक भएका घटनाहरुले न्यायालयप्रति सर्वसाधारणको विश्वास कमजोर भएको बताएकी छिन् । एक/दुई जना व्यक्तिमाथि महाभियोग लगाउँदैमा न्यायालयको समग्र सुधार सम्भव नहुने भन्दै उनले न्यायालयको पुनःसंरचनामा सरकार गम्भीर हुनुपर्ने बताइन् । उनले न्यायालयको विषयलाई संसदमा गम्भीर बहसको विषय बनाउनुपर्ने भन्दै यथाशिघ्र संसद आह्वान गर्न समेत माग गरेकी छिन् । उनले भनिन् , ‘न्यायालयमा जुन किसिमको घटना बाहिर सार्वजनिक भएको छ त्यो अत्यन्त चिन्ताको विषय पनि हो । आम सर्वसाधारणले अन्य प्रशासनिक निकायलाई विश्वास नगरे पनि न्यायालयलाई विश्वास गरिराखेका हुन्छन् । त्यसकारण न्यायालयमा व्यापक सुधारको आवश्यकता छ । एक–दुई जना व्यक्तिहरूमा महाभियोग लागेर मात्र यो पूर्ण रुपमा सुधार हुँदैन । यद्यपि छानबिनको क्रममा प्रमाणहरू कस्तो देखाउँछ, त्यसपछि आधिकारिक धारणा राष्ट्रिय प्रजातन्त्र पार्टीले बनाउने छ । र अहिले चाहीँ हामीलाई के लाग्छ भने न्यायालयमा जुन किसिमको एउटा विकृति हामीले अनुभव गरिराखेका छौँ, त्यसलाई हामीले व्यापक रूपमा सुधार गरेर न्यायालयको पुनर्गठनमा नै जानुपर्नेछ ।’ उनले प्रहरी र सरकारबीचको सम्बन्ध, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्ति लगायतका कुराहरु संसदमा छलफल गर्नुपर्ने समेत बताएकी छिन् ।

काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको पुनःसंरचना आवश्यक रहेको बताएकी छिन् ।

सोमवार नेपाली काँग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सर्वोच्चका न्यायाधीश तथा प्रधानन्यायाधीशको समेत नाम जोडर सार्वजनिक भएका घटनाहरुले न्यायालयप्रति सर्वसाधारणको विश्वास कमजोर भएको बताएकी छिन् । एक/दुई जना व्यक्तिमाथि महाभियोग लगाउँदैमा न्यायालयको समग्र सुधार सम्भव नहुने भन्दै उनले न्यायालयको पुनःसंरचनामा सरकार गम्भीर हुनुपर्ने बताइन् । उनले न्यायालयको विषयलाई संसदमा गम्भीर बहसको विषय बनाउनुपर्ने भन्दै यथाशिघ्र संसद आह्वान गर्न समेत माग गरेकी छिन् ।

उनले भनिन् , ‘न्यायालयमा जुन किसिमको घटना बाहिर सार्वजनिक भएको छ त्यो अत्यन्त चिन्ताको विषय पनि हो । आम सर्वसाधारणले अन्य प्रशासनिक निकायलाई विश्वास नगरे पनि न्यायालयलाई विश्वास गरिराखेका हुन्छन् । त्यसकारण न्यायालयमा व्यापक सुधारको आवश्यकता छ । एक–दुई जना व्यक्तिहरूमा महाभियोग लागेर मात्र यो पूर्ण रुपमा सुधार हुँदैन । यद्यपि छानबिनको क्रममा प्रमाणहरू कस्तो देखाउँछ, त्यसपछि आधिकारिक धारणा राष्ट्रिय प्रजातन्त्र पार्टीले बनाउने छ । र अहिले चाहीँ हामीलाई के लाग्छ भने न्यायालयमा जुन किसिमको एउटा विकृति हामीले अनुभव गरिराखेका छौँ, त्यसलाई हामीले व्यापक रूपमा सुधार गरेर न्यायालयको पुनर्गठनमा नै जानुपर्नेछ ।’

उनले प्रहरी र सरकारबीचको सम्बन्ध, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्ति लगायतका कुराहरु संसदमा छलफल गर्नुपर्ने समेत बताएकी छिन् ।


प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?