Trending
>>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित >>   सात जना नेपाली खेलाडीमा जिताउने क्षमता छ: करण केसी >>   काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो >>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे
Logo
१६ कार्तिक २०८३, सोमबार
१६ कार्तिक २०८३, सोमबार

सुदूरपश्चिम रोयल्सको दोस्रो जित


सुदूरपश्चिम रोयल्सको दोस्रो जित

काठमाडौँ । उत्कृष्ट बलिङ गरेको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा चौथो खेलबाट दोस्रो जित निकालेको छ ।

कीर्तिपुरमा सोमवार भएको खेलमा उत्कृष्ट बलिङ प्रेरित सुदूरपश्चिमले चितवन राइनोजमाथि पाँच विकेटको जित निकाल्यो । युवा स्पिनर रञ्जित कुमारले उत्कृष्ट बलिङ गर्दै चितवनलाई खेलमा फर्काउने प्रयास गरे पनि सफल भएनन् । चौथो खेलमा सुदूरपश्चिमको दोस्रो जित हो । चितवनको भने तेस्रो खेलमा पहिलो हार हो । पहिलो खेलमा विराटनगर किङ्सलाई हराएको चितवनको दोस्रो खेल भने वर्षाका कारण अंक लुम्बिनी लायन्ससँग बाँडेको थियो । त्रिवि क्रिकेट स्टेडियममा चितवनले १३० रनको सामान्य लक्ष्य दियो । जवाफमा सुदूरपश्चिमले १६.४ ओभरमा मात्र पाँच विकेटको क्षतिमा भेट्टायो । ब्रेन्डन म्याकमुलनले २१ बलमा ४३ रनको आक्रामक इनिङ खेल्दै जितका आधार बनाए ।

उनले ६ चौका र दुई छक्का हिर्काए । इशान पाण्डे र आशिफ शेखको पाँचौं विकेटको साझेदारीले जित नजिक पु¥याए । ईशान २५ रनमा आउट हुँदा शेख २० रनमा अविजित रहे । त्यसअघि पावरप्लेमा सुदूरपश्चिमले ५० रन जोड्दा दुई विकेट गुमाएको थियो । सुदूरपश्चिमका ओपनरद्वय सइब जैब २ रन र विनोद भण्डारी ११ रनमै आउट भए । म्याकमुलनकै आक्रामक ब्याटिङमा सुदूरपश्चिमले एकपक्षीय दबाब बनायो । तर सातौं ओभरमा रञ्जितले म्याकमुलनलाई देव खनालबाट क्याच गराए । लगत्तै अर्को बलमा रञ्जितले सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंहलाई शून्यमै पभेलियन फर्काए । यसपछि सुदूरपश्चिम सम्हालिएर खेल्यो । ६.३ ओभरमा सुदूरपश्चिम ७०/४ को अवस्थामा थियो । पाँचौं विकेटका इशान र आरिफले ३३ रनको साझेदारी गर्दै इनिङ सम्हाले ।

अर्का स्पिनर मौसम ढकालले इशानलाई २५ रनमा एलबिडब्लु शिकार भए । उनले २९ बलमा दुई चौका हिर्काए । चितवनको बलिङमा रञ्चितले तीन तथा मौसम ढकाल र रिजन ढकालले समान एक विकेट लिए । अनुभवी बलर सिकन्दरले बिर्सनलायक बलिङ गरे । उनले तीन नो बल र दुई वाइड फ्याँके । चितवनले ६ बलर प्रयोग गरे पनि जित निकाल्न सकेन । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले खराब शुरुवात ग¥यो । तर इङ्लिस ब्याटर बोपाराको प्रेरणामा चितवनले ६ विकेटको क्षतिमा १२९ रनको सामान्य योगफल बनायो । रबिले ४९ रनको इनिङ खेले । उनले ४० बलमा तीन चौका र एक छक्का हिर्काए ।

अन्य ब्याटरले ठूलो इनिङ नै खेल्न सकेन भने कुनैपनि विकेटका लागि ठुलो साझेदारी बन्न नसक्दा चितवन सस्तैमा रोकियो । दोस्रो ओभरमै चितवनले विकेट गुमाउन पुग्यो । ओपनर देव खनाल ७ रनमै आउट भए । मध्यम गतिका बलर हेमन्त धामीले देवलाई एलबिडब्लु शिकार बनाए । यो विकेटसँगै चितवनले दबाबमा रहेर ब्याटिङ ग¥यो । पाँचौं ओभरमै चिवतनले दोस्रो विकेटका रूपमा अर्जुन साउदलाई १५ रनमा गुमायो । यससँगै चितवनको रन गति सुस्त बन्यो । पावरप्लेमा चितवनले ३९ रन जोड्यो । आशा गरिएका ब्याटर डेविड मालन पनि चल्न सकेनन् । उनले तेस्रो विकेटका लागि रवि बोपरासँग ३५ रनको साझेदारी भयो ।

नवौं ओभरमा मालन १६ रन बनाएर पभेलियन फर्किए । कप्तान दीपेन्द्रले मालनलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए । त्यसपछि जिम्बाब्वे कप्तानसमेत रहेका शिकन्दर राजा मैदानमा आए । चितवनका कप्तानसमेत रहेका शिकन्दरले पहिलो खेलमा प्रभाव देखाउन सकेनन् । उनी १५ रन बनाएर स्पिनर अनिल खरेलको बलमा शिकार भए । चौथो विकेटका लागि कप्तान शिकन्दर राजा र रवि बीच साझेदार ३२ रनको साझेदारी बन्यो । १५.२ ओभरमा सिकन्दर आउट हुँदा चितवन ९४/४ को अवस्थामा थियो । अन्तिम चार ओभरमा पनि चितवनले दबाबमै रहेर ब्याटिङ गरेपछि ठूलो योगफल बनाउन सकेन । १९ औं ओभरमा रबि आउट भए ।

यससँगै चितवनको आशा समाप्त भएको हो । सुदूरपश्चिमको बलिङमा स्कट कुग्गेलिनले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह र अनिल खरेलले समान एक विकेट लिए । मंगलवार दुई खेल हुनेछन् ।


प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?