Trending
>>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित >>   सात जना नेपाली खेलाडीमा जिताउने क्षमता छ: करण केसी >>   काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो >>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे
Logo
१६ कार्तिक २०८३, सोमबार
१६ कार्तिक २०८३, सोमबार

काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो


काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो

काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित केन्द्रिय कार्यसमितिलाई अद्यावधिक गर्न पार्टी निर्वाचन आयोग पुगेको छ ।

निर्वाचन आयोगमा केन्द्रिय कार्यसमिति अद्यावधिकसम्बन्धी विवरण बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको विधान, संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न भएको र त्यसबाट निर्वाचित नयाँ कार्यसमितिलाई आयोगमा अद्यावधिक गर्न आएको बताएका छन् । उनले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रिय कार्यसमितिमा परिवर्तन भएपछि निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरेका छन् । सोही व्यवस्थाअनुसार गगन थापाको सभापतित्वमा निर्वाचित कार्यसमितिको विवरण बुझाइएको उनको भनाइ छ ।

महामन्त्री पौडेलले काँग्रेसको १५ औँ महाधिवेशन विधिवत् रूपमा सम्पन्न भएको दाबी गर्दै महाधिवेशनमा व्यापक सहभागिता र उत्साह देखिएको बताएका छन् । आठ महिनाको अवधिमा दुईवटा महाधिवेशन सम्पन्न गरेको उल्लेख गर्दै उनले विशेष महाधिवेशनपछि नियमित महाधिवेशन गरिएको र सबैलाई प्रतिष्पर्धामा सहभागी हुने वातावरण निर्माण गरिएको बताएका छन् ।


प्रकाशित मिति: १६ कार्तिक २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?