Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

‘कुरुवा घर’ निर्माण गर्दै वीर अस्पताल


काठमाडौँ। वीर अस्पतालले बिरामी कुरुवाका लागि कुरुवा घर निर्माण गर्ने भएको छ ।

अस्पतालको १३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले यसबारे जानकारी गराएका हुन् । हालसम्म ७७ जिल्लाकै बिरामीको उपचार हुने गरेको वीर अस्पतालमा कुरुवा घर छैन । ७७ जिल्लाबाट राजधानीमा आएर उपचार गर्दा बिरामी कुरुवाहरु समस्यामा पर्नेकुराको मध्यनजर गरी कुरुवा घरको व्यवस्था गर्न लागेको बताए । अस्पतालले ओपिडीको बिल्डिङबाट नयाँ सर्जिकल ब्लकमा जाने क्रममा पब्लिक भेइकल बढी हिँड्ने बाटो रहेकाले बिरामीलाई पनि धेरै अफ्ठ्यारो भएको महशुस गरी आकाशे पुलको निर्माण गर्ने योजनाअनुसार काम गरिरहेको बताए । ओपिडी काउन्टर थपि प्रतिक्षालयको स्तरोन्नति गर्ने गरी क्यानोपि निर्माणको योजना बनाएको पनि बताए ।

उनले भने, ‘विद्यमान सर्भर पुरानो भएको र यसले धान्नै नसक्ने अवस्थामा रहेकाले हामीलाई यसतर्फ पनि थप बजेटको आवश्यक छ । एकीकृत डाटा सेन्टरको स्थापनाको लागि विनम्र अनुरोध गर्दछु । हाम्रो वीर अस्पतालको भौतिक संरचना पुरानो छ । हामी ओपिडीको बिल्डिङबाट नयाँ सर्जिकल ब्लकमा आउने क्रममा बीचमा पब्लिक भेइकल बढी हिँड्ने बाटो भएकाले बिरामीहरुलाई धेरै नै अफ्ठ्यारो भएकाले आकाशे पुलको निर्माणको योजना राखेका छौँ । ७७ जिल्लाकै बिरामीलार्ई राजधानीमा आएर उपचार गर्दा कुरुवा घरको व्यवस्था नभएकाले आगामी आर्थिक वर्षमा बिरामी कुरुवा घर बनाउनका लागि हामी यो योजनामा राखेका छौँ । ओपिडी काउन्टर थपि प्रतिक्षालयको स्तरोन्नति गर्ने गरी क्यानोपि निर्माणको योजना बनाएका छौँ । वीर अस्पतालको विस्तारित दुवाकोट परियोजनालाई यथाशिघ्र अघि बढाइयोस् । वीर अस्पताल देशको गौरव हो । स्वास्थ्य सेवा प्रवाहको इतिहास बोकेको यस संस्थालाई केन्द्रिय रिफरल तथा अनुसन्धानको केन्द्र बनाउन हामी सबैको एकता, प्रतिवद्धता र समर्पणको आवश्यकता छ ।’

निर्देशक शर्माले अस्पतालको विद्यमान सर्भर पुरानो भएकाले र धान्नसक्ने स्थिति पनि नरहेकाले बजेटको आवश्यकता रहेको बताए । एकीकृत डाटा सेन्टरको स्थापनाको लागि सरकारसँग आग्रह गरे । वीर अस्पतालको विस्तारित दुवाकोट परियोजनालाई यथाशिघ्र अघि बढाउन माग गरे ।


प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?