Trending
>>   निजामती सेवा विधेयकः दलीय ट्रेड युनियन र ‘कुलिङ पिरियड’को प्रावधानमा अझै जुटेन सहमति >>   सहकारी मर्यादित भए मात्रै समुन्नत देश र समाज निर्माण गर्न सकिन्छः कार्यवाहक प्रधानमन्त्री सिंह >>   माईतीघरमा शिक्षकहरुको प्रदर्शन (तस्बिरहरु) >>   महामन्त्री शर्माको प्रश्नः राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ? >>   निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन विधेयक प्राकृतिक श्रोत साधनको बढी प्रयोग गर्ने कुरामा मात्रै केन्द्रित… >>   दुर्गा प्रसाईंलाई सरकारले नै भगाएको हितराज पाण्डेको आरोप >>   तीनकुने घटनाबारे राज्य व्यवस्था समितिको शुक्रवारको बैठकमा गृहमन्त्री लेखकले जवाफ दिने >>   रेडियो नेपालले सरकार, नेता तथा राजनीतिक दलको ताबेदारी गर्नुहुन्नः मन्त्री गुरुङ >>   सञ्चारमाध्यमको प्रभावकारी सञ्चालनमा चुनौतिः राष्ट्रपति पौडेल >>   विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा शिक्षकहरुको प्रदर्शन
Logo
२० चैत्र २०८१, बुधबार
२० चैत्र २०८१, बुधबार

हुक्का सेवन गर्नुहुन्छ ? अध्ययनले देखायो नयाँ जोखिम


३० चैत्र, एजेन्सी । कतार युनिभर्सिटीका अनुसन्धाताहरूले हालै हुक्का सेवनले वयस्कहरूमा मुटुरोगको जोखिम बढाउने बताएका छन् ।

शिशा धुम्रपान वा वाटरपाइप धुम्रपानको थालनी मध्यपूर्वबाट भएको मानिन्छ । यो क्षेत्र भरि हुक्का सेवन गर्नुलाई एक सामाजिक प्रतिष्ठासँग हेर्ने चलन पनि रहेको छ ।

कतार युनिभर्सिटीको कलेज अफ मेडिसिनमा आधारभूत स्वास्थ्य विज्ञानका सह–प्राध्यापक सुसु जुगियरले गरेको अध्ययनमा कतारमा रहेका एक हजारभन्दा बढी वयस्क सहभागीको तथ्याङ्क विश्लेषण गरिएको कतार युनिभर्सिटीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धाताहरूले धूम्रपान नगर्नेहरूको तुलनामा शिशा धूम्रपान गर्नेहरूमा हृदय रोगको निदान रिपोर्ट गर्ने सम्भावना १.६५ गुणा बढी थियो ।

सानै उमेरमा हुक्का सेवन गर्दा मुटुरोगको जोखिम अझै बढी हुने पनि अध्ययनले देखाएको छ ।

अध्ययनले शिशा धुम्रपानको स्वास्थ्य परिणामको समझमा महत्वपूर्ण योगदान पुर्याउँछ । त्यसैले कतारमा मात्र होइन तर अन्य देशहरूमा पनि सार्वजनिक स्वास्थ्य चिन्तालाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई उजागर गर्दछ ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?