Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

हुक्का सेवन गर्नुहुन्छ ? अध्ययनले देखायो नयाँ जोखिम


३० चैत्र, एजेन्सी । कतार युनिभर्सिटीका अनुसन्धाताहरूले हालै हुक्का सेवनले वयस्कहरूमा मुटुरोगको जोखिम बढाउने बताएका छन् ।

शिशा धुम्रपान वा वाटरपाइप धुम्रपानको थालनी मध्यपूर्वबाट भएको मानिन्छ । यो क्षेत्र भरि हुक्का सेवन गर्नुलाई एक सामाजिक प्रतिष्ठासँग हेर्ने चलन पनि रहेको छ ।

कतार युनिभर्सिटीको कलेज अफ मेडिसिनमा आधारभूत स्वास्थ्य विज्ञानका सह–प्राध्यापक सुसु जुगियरले गरेको अध्ययनमा कतारमा रहेका एक हजारभन्दा बढी वयस्क सहभागीको तथ्याङ्क विश्लेषण गरिएको कतार युनिभर्सिटीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धाताहरूले धूम्रपान नगर्नेहरूको तुलनामा शिशा धूम्रपान गर्नेहरूमा हृदय रोगको निदान रिपोर्ट गर्ने सम्भावना १.६५ गुणा बढी थियो ।

सानै उमेरमा हुक्का सेवन गर्दा मुटुरोगको जोखिम अझै बढी हुने पनि अध्ययनले देखाएको छ ।

अध्ययनले शिशा धुम्रपानको स्वास्थ्य परिणामको समझमा महत्वपूर्ण योगदान पुर्याउँछ । त्यसैले कतारमा मात्र होइन तर अन्य देशहरूमा पनि सार्वजनिक स्वास्थ्य चिन्तालाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई उजागर गर्दछ ।


प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?