Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पुनः कोरोना संक्रमण बढ्यो : एक सातामै थप १० जनामा संक्रमण पुष्टि


काठमाडौँ । कोरोना संक्रमण घटेको आँकलन भइरहँदा पछिल्लो एक सातामा देशभर १० नयाँ संक्रमित फेला परेका छन्।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल नेपालमा सक्रिय कोभिड संक्रमितको संख्या ४२१ पुगेको छ।

प्रदेशगत विवरण अनुसार, सबैभन्दा धेरै बागमती प्रदेशमा ७ जना नयाँ संक्रमित भेटिएका छन्। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने एक-एक जना संक्रमित पुष्टि भएका छन्।

सरकारले कोभिड संक्रमण नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरिरहेको छ। संक्रमणको जोखिम कायमै रहेकाले मास्क प्रयोग, भीडभाडमा दूरी कायम राख्न र समय समयमा हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सचेत हुन विज्ञहरूले सुझाव दिएका छन्।

सन २०२५ जनवरी १ यता कोभिड संक्रमणका कारण नेपालमा ३ जनाले ज्यान गुमाइसकेका छन्।


प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?