Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

पुनः कोरोना संक्रमण बढ्यो : एक सातामै थप १० जनामा संक्रमण पुष्टि


काठमाडौँ । कोरोना संक्रमण घटेको आँकलन भइरहँदा पछिल्लो एक सातामा देशभर १० नयाँ संक्रमित फेला परेका छन्।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल नेपालमा सक्रिय कोभिड संक्रमितको संख्या ४२१ पुगेको छ।

प्रदेशगत विवरण अनुसार, सबैभन्दा धेरै बागमती प्रदेशमा ७ जना नयाँ संक्रमित भेटिएका छन्। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने एक-एक जना संक्रमित पुष्टि भएका छन्।

सरकारले कोभिड संक्रमण नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरिरहेको छ। संक्रमणको जोखिम कायमै रहेकाले मास्क प्रयोग, भीडभाडमा दूरी कायम राख्न र समय समयमा हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा सचेत हुन विज्ञहरूले सुझाव दिएका छन्।

सन २०२५ जनवरी १ यता कोभिड संक्रमणका कारण नेपालमा ३ जनाले ज्यान गुमाइसकेका छन्।


प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?