Trending
>>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का >>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
Logo
३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

नागरिकलाई स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु पहिलो प्राथमिकताः स्वास्थ्यमन्त्री पौडेल


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई स्थानीय तहमै गुणस्तरीय, आधारभुत स्वास्थ्य सेवा प्रदान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

स्वास्थ्य मन्त्री बनेको वर्ष दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । उनले स्थानीय तहमै गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न ५, १० र १५ शैय्याका आधारभुत अस्पतालहरूको निर्माण तथा सञ्चालनलाई तिब्रता दिइएको बताए । यसलाई व्यवस्थित गर्न स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ (दोश्रो संशोधन, २०८१)” र “आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१” जारी गरिएको बताएका छन् । गत वर्ष ६ अर्ब २२ करोड बजेट निकासा गरिएसँगै ११३ वटा अस्पताल निर्माण सम्पन्न भएका र पहिलो चरणमा ५५ वटा आधारभुत अस्पताल सञ्चालन गर्ने तयारी रहेको बताए । नयाँ आर्थिक वर्षमा थप २५० अस्पताल सम्पन्न गर्न ११ अर्ब बजेट सुनिश्चित गरिएको बताए । “निरोगी नेपाल” को अवधारणालाई सार्थक बनाउन र नसर्ने रोगहरूको बढ्दो भारलाई न्युनिकरण गर्न हरेक वर्षको फाल्गुण महिनालाई “नसर्ने रोग परीक्षण महिना” का रूपमा मनाउने अभियान शुरु गरिएको बताए ।

उनले भने, ‘नागरिकलाई स्थानीय तहमै गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न ५, १० र १५ शैय्याका आधारभुत अस्पतालहरूको निर्माण तथा सञ्चालनलाई तिब्रता दिइएको छ । यस कार्यलाई व्यवस्थित गर्न “स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ (दोश्रो संशोधन, २०८१)” र “आधारभुत अस्पताल सञ्चालन मापदण्ड, २०८१” जारी गरिएको छ । स्थानीय तहहरुमा निर्माण तयारीमा रहेका तथा शुरु भएर पनि काम नसकिँदा अलपत्र थिए । यसले नागरिकलाई आफ्नै घरदैलोमा सेवा लिन कठिनाइ देखिएको थियो । यस समस्यालाई हल गर्न हामीले विशेष प्राथमिकताका दिएर गत वर्ष ६ अर्ब २२ करोड बजेट निकासा गरिएसँगै ११३ वटा अस्पताल निर्माण सम्पन्न भएका र पहिलो चरणमा ५५ वटा आधारभूत अस्पताल संचालन गर्ने तयारी रहेको नयाँ आर्थिक वर्षमा थप २५० अस्पताल सम्पन्न गर्न ११ अर्ब बजेट सुनिश्चित गरिएको छ । यो कदमले सामान्य उपचारका लागि पनि ठूला अस्पताल धाउनुपर्ने नागरिकको बाध्यताको अन्त्य गरी घरदैलोमै स्वास्थ्य सेवा पुग्ने हामीले विश्वास लिएका छौँ । “निरोगी नेपाल” को अवधारणालाई सार्थक बनाउन र नसर्ने रोगहरूको बढ्दो भारलाई न्युनिकरण गर्न हरेक वर्षको फाल्गुण महिनालाई “नसर्ने रोग परीक्षण महिना” का रूपमा मनाउने अभियान शुरु गरिएको छ। यस अभियानलाई व्यवस्थित गर्न “समुदायमा नसर्ने रोगहरू पहिचानका लागि एक महिने अभियान सञ्चालन निर्देशिका २०८१” स्वीकृत गरेर नयाँ आर्थिक वर्षदेखि यो अभियानलाई राष्ट्रिय कार्यक्रमकै रूपमा सञ्चालन गरी नागरिकहरूमा स्वास्थ्य चेतना अभिवृद्धि तथा परीक्षणको पहुँच विस्तार गर्न आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्था गरिएको छ । यसले उच्च रक्तचाप, मधुमेह, क्यान्सर जस्ता रोगहरूको समयमै पहिचान र रोकथाममा मद्दत पु¥याउनेछ भने नागरिकमा स्वस्थ जीवनयापन शैलीको विकास हुने र क्रमशः राज्यको उपचार खर्चमा कमी आउने विश्वाश लिएका छौँ । पाठेघरको मुखको क्यान्सरबाट नेपाली किशोरीहरूलाई जोगाउन राष्ट्रव्यापी रूपमा ह्युमन प्यापिलोमा भाइरस एचपिभी विरुद्धको खोप अभियान सफलतापूर्वक सम्पन्न गरिएको छ । यस अभियान अन्तर्गत १० देखि १४ वर्ष उमेर समूहका १४ लाख ६२ हजार किशोरीहरुलाई किशोरीहरुलाई निःशुल्क खोप प्रदान गरिएको छ । यो लक्षित वर्गको ८७। प्रतिशत हो। “एच.पि.भी. खोप सेवा सञ्चालन निर्देशिका, २०८१” जारी गरी यस ऐतिहासिक अभियानलाई कानूनी र प्रक्रियागत आधार प्रदान गरिएको छ । भविष्यमा यो कार्यक्रमलाई राष्ट्रिय खोप कार्यक्रमको नियमित हिस्सा बनाई दिगोपना सुनिश्चित गरिनेछ । जसले हजारौं महिलाहरूलाई यो घातक क्यान्सर रोगबाट बचाउन मद्धत पुग्ने छ ।’

पाठेघरको मुखको क्यान्सरबाट नेपाली किशोरीहरूलाई जोगाउन राष्ट्रव्यापी रूपमा ह्युमन प्यापिलोमा भाइरस एचपिभी विरुद्धको खोप अभियान सफलतापूर्वक सम्पन्न गरिएको बताए ।


प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?