Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

एन्फा महिला लिग क्वालिफायर साउन २९ देखि


काठमाडौँ। अखिल नेपाल फुटबल संघको आयोजना आगामी साउन २९ देखि एन्फा महिला लिग क्वालिफायर शुरु भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार एन्फाले पत्रकार सम्मेलन आयोजना गर्दै क्वालिफायरको तयारी पूरा भएको जनाएको हो । लिगका खेलहरू एन्फा कम्प्लेक्स मैदानमा र च्यासलस्थित च्यासल मैदानमा हुने भएका छन् । एन्फा महिला लिग क्वालिफायरमा न्युरोड टिम, स्टुडेन्ट फुटबल क्लव, सिन्धुपाल्चोक एफसी, आरएस रिसोर्ट एण्ड बिच फुटबल क्लव, राप्ती फुटबल क्लव, एनबिएम पोखरा एफसी, नेपाल खेलकुद क्लव, लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टर, झापा एफसी, एफसी राइले, चर्च ब्वाइज युनाइटेड, छाहारी युवा क्लव, बुटवल लुम्बिनी एफसी र संकटा क्लव गरी कुल १४ क्लबले छनोट खेल्नेछन् ।

यो प्रतियोगिताबाट कुल पाँच टोली महिला लिगका लागि छनोट हुनेछन् । कुल १४ वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ६ खेल हुनेछन् । दुवै समूहको विजेता र उपविजेता स्वत छनोट हुने प्रावधान छ । समूहका तेस्रो स्थानमा रहने टोलीबीच नकआउट प्रतिस्पर्धा हुने र विजेता छनोट हुनेछ ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?