Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

एन्फा महिला लिग क्वालिफायर साउन २९ देखि


काठमाडौँ। अखिल नेपाल फुटबल संघको आयोजना आगामी साउन २९ देखि एन्फा महिला लिग क्वालिफायर शुरु भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार एन्फाले पत्रकार सम्मेलन आयोजना गर्दै क्वालिफायरको तयारी पूरा भएको जनाएको हो । लिगका खेलहरू एन्फा कम्प्लेक्स मैदानमा र च्यासलस्थित च्यासल मैदानमा हुने भएका छन् । एन्फा महिला लिग क्वालिफायरमा न्युरोड टिम, स्टुडेन्ट फुटबल क्लव, सिन्धुपाल्चोक एफसी, आरएस रिसोर्ट एण्ड बिच फुटबल क्लव, राप्ती फुटबल क्लव, एनबिएम पोखरा एफसी, नेपाल खेलकुद क्लव, लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टर, झापा एफसी, एफसी राइले, चर्च ब्वाइज युनाइटेड, छाहारी युवा क्लव, बुटवल लुम्बिनी एफसी र संकटा क्लव गरी कुल १४ क्लबले छनोट खेल्नेछन् ।

यो प्रतियोगिताबाट कुल पाँच टोली महिला लिगका लागि छनोट हुनेछन् । कुल १४ वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ६ खेल हुनेछन् । दुवै समूहको विजेता र उपविजेता स्वत छनोट हुने प्रावधान छ । समूहका तेस्रो स्थानमा रहने टोलीबीच नकआउट प्रतिस्पर्धा हुने र विजेता छनोट हुनेछ ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?