Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध सर्वोच्चमा रिट दायर


काठमाडौँ । संसद विघटनसहितका १३ महत्वपूर्ण फैसलाको पूर्णपाठ नलेखेको आरोपमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

कानून व्यवसायी यज्ञमणि न्यौपानेले दायर गरेको रिटमा २०७७ फागुन ११ गते प्रतिनिधिसभा विघटन बदर गर्ने आदेशको पूर्णपाठ २१ दिनभित्र सार्वजनिक हुनुपर्ने कानूनी प्रावधान उल्लंघन भएको दाबी गरिएको छ। तर हालसम्म उक्त पूर्णपाठ सार्वजनिक भएको छैन।

रिटमा भनिएको छ, न्यायाधीशले सेवा निवृत्त भइसकेपछि पनि पाँच वर्षसम्म फैसला नलेख्नु अदालतप्रति गम्भीर अवहेलनाको विषय हो। यसका लागि छुट्टै अवहेलनाको निवेदन पेश गर्नु आवश्यक छैन।

न्यौपानेको दाबी अनुसार, कुनै फैसलामा एक मत नभए आफ्नै रायसहित, र एक मत भए सामूहिक रायसहितको फैसला लेखी प्रमाणीकरण गर्नुपर्ने संवैधानिक दायित्व जबराले पुरा गरेका छैनन् ।

चोलेन्द्र शमसेर ज.ब.रा.

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?