Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सभामुखलाई राजीनामा बुझाएर समिति सभापतिको पदबाट बाहिरिए खतिवडा


काठमाडौँ । हिजो संसदमा नै राजीनामा दिने घोषणा गरेका नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा दिएका छन्।

निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ प्रावधानमा छेडखानी भएको भन्ने विषयमा गठित संसदीय छानबिन समितिले उनलाई नैतिक रूपमा जिम्मेवार ठहराएपछि खतिवडाले पद त्याग गरेका हुन्।

हिजो संसदमा बोल्दै उनले भनेका थिए, “प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग भएकाले म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसाहाँसी राजीनामा दिएको घोषणा गर्दछु।”


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?