Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

सभामुखलाई राजीनामा बुझाएर समिति सभापतिको पदबाट बाहिरिए खतिवडा


काठमाडौँ । हिजो संसदमा नै राजीनामा दिने घोषणा गरेका नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा दिएका छन्।

निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ प्रावधानमा छेडखानी भएको भन्ने विषयमा गठित संसदीय छानबिन समितिले उनलाई नैतिक रूपमा जिम्मेवार ठहराएपछि खतिवडाले पद त्याग गरेका हुन्।

हिजो संसदमा बोल्दै उनले भनेका थिए, “प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग भएकाले म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसाहाँसी राजीनामा दिएको घोषणा गर्दछु।”


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?